गत पुस १६ गते सुनसरीको इटहरी–२ हलगढास्थित रोयल रिसोर्टमा १४ वर्षिया किशोरीलाई भएको बलात्कार काण्डलाई ढाकछोप गर्न खोजेको भन्दै प्रहरी प्रधान कार्यालयले तत्कालीन सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक विद्यानन्द माझी र प्रहरी निरीक्षक चिरञ्जीवी दाहाललाई कारबाहीमा तानेको थियो।
सो घटना छानबिन गर्न बनेको समितिको प्रतिवेदनका आधारमा प्रधान कार्यालयले एसपी माझी र इनिस्पेक्ट दाहाललाई विभागीय कारबाही गरेको हो।
प्रहरी प्रवक्ता एसएसपी शैलेस थापाका अनुसार एसपी माझीलाई रेकर्डमा जनिने गरी कारबाही गरेको हो। उनको एक वर्षको ग्रेड रोक्का गरिएको छ। थापाका अनुसार प्रहरी निरीक्षक दाहालको खाइपाई आएको तलब सुविधामा एक स्केल घटाइदिएको छ।
‘बलात्कार जस्तो जघन्य अपराधलाई ढाकछोप गर्ने प्रहरीलाई छुट दिन मिल्दैन,’ प्रवक्ता थापाले भने, ‘घटनाको अनुसन्धान गर्न बनेको समितिको सिफारिशमा प्रधान कार्यालयले उनीहरुलाई कारवाही गरेको हो।’
प्रतिक्रिया दिनुहोस्