ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बासनादार धान उत्पादनको अनुसन्धान गर्दै नार्क


admin
१० जेष्ठ २०७५, बिहिबार   ३ : ०१   बजे

ललितपुर, १० जेठ । नेपालमा बासना आउने चामलको माग बढेपछि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले त्यसमा अध्ययन थालेको छ ।

नार्कअन्तर्गतको कृषि विज्ञान महाशाखाले नेपालमा अहिलेसम्म पहाडी क्षेत्रमा बासना आउने चामलका लागि धानको बीउ सिफारिस गरेको छैन ।

महाशाखाअन्तर्गतको धान शाखामा कार्यरत प्राविधिक अतित पराजुलीले अहिले सबैतिर बिहे, व्रतबन्ध, सम्मेलनलगायतमा भोजका लागि बासनादार चामलको प्रयोग बढेको बताउनुभयो ।

“पहाडी क्षेत्रमा अहिलेसम्म यसको उत्पादन हुन सकेको छैन,” उहाँले भन्नुभयो । नार्कले अहिलेसम्म मोटो र मसिनो चामल फल्ने धानको बीउ सिफारिस गर्दै आएको थियो । उहाँले भन्नुभयो, “यहाँको माटो र हावापानीमा बासनादार धानको उत्पादन कस्तो हुन्छ भनेर हामी अनुसन्धान गरिरहेका छौँ ।”

जनकपुरमा रहेको राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथले भने तराईका लागि यसअघि नै बीउ सिफारिस गरिसकेको छ । हाल भारतबाट आयात गरिएको बासनादार चामलले नै बजार धानेको छ । बासनादार चामलको बीउ किसानलाई सिफारिस गर्न सके आयात कम गर्न सकिन्छ ।

उहाँ भन्नुहुन्छ, “हामीले यसअघि बीउको निरन्तरताका लागि रोप्दै आए पनि किसानलाई सिफारिस नै गर्ने उद्देश्यले अध्ययन गरेका थिएनौँ ।”

महाशाखाले वर्षेनी धेरै जातका धानका बीउ लगाउने गरेको छ । तीमध्ये नेपालको हावापानी सुहाउँदो र किसानले अहिले लगाइरहेका भन्दा बढी उत्पादन दिने बीउ किसानलाई सिफारिस गरिन्छ । पहिले आफ्नो खेतबारीमा अध्ययन गरेपछि नार्कले किसानका खेतमा समेत परीक्षण गरेर मात्रै नयाँ बीउ सिफारिस गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

 सर्वोच्चको आदेशपछि सम्पत्ति छानबिन रोकियो, आयोग फाइल सुरक्षित गर्न व्यस्त

राष्ट्रियसभा बैठक आज, गृहमन्त्रीसँग मौखिक प्रश्न–उत्तरदेखि पशु रोग नियन्त्रण विधेयक प्रस्तुत हुने

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu