ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल–भारत उच्च अधिकारीको बैठक सम्पन्न


admin
१० जेष्ठ २०७५, बिहिबार   ७ : ४९   बजे

पर्सा, १० जेठ।  नेपाल–भारतबीचमा रहेका सीमास्तम्भको मर्मत तथा पुनर्निर्माणको विषयमा छलफल गर्न दुवै देशका उच्च अधिकारीको वीरगञ्जमा बसेको बैठक आज सम्पन्न भयो ।

बैठकमा नेपालको बारा÷पर्सा र भारत विहारको पूर्वी तथा पश्चिमी चम्पारणको सीमा क्षेत्रलाई व्यवस्थित गर्न छलफल भएको पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पराजुलीले जानकारी दिनुभयो ।

सीमाक्षेत्रलाई व्यवस्थित गर्न नेपाल–भारतबीच रहेको बिग्रिएका वा भत्किएका सीमास्तम्भको मर्मत तथा पुनर्निर्माण दुवै देशका प्राविधिकले उचित ठहर गरेको विधि र प्रक्रियाबाट गर्ने सहमति बैठकमा भएको उहाँले बताउनुभयो ।

बैठकले सीमक्षेत्रमा देखिएका विवादलाई दुईपक्षीय हितका आधारमा स्थानीयस्तरमै छलफलको माध्यमले समाधानको प्रयास गर्ने र हुन नसके दुवै देशका उच्च तहको छलफलबाटै निकास खोज्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिनुभयो ।

नेपाल–भारतबीच बाराको सिमानामा पर्ने साना, मझौला तथा ठूला गरी ६८५ सीमास्तम्भ छन् भने पर्सामा एक हजार ५८ सीमास्तम्भ छन् ।

नेपाल–भारतका प्राविधिकको सहमतिमा भएको सीमाक्षेत्र व्यवस्थापन तथा मर्मत सम्भार र पुनर्निर्माणको ६० प्रतिशत काम पूरा भएको बैठकमा जनाइएको थियो । बाँकी रहेका ४० प्रतिशत सीमास्तम्भलाई यसै मौसममा पूरा गर्ने तयारी दुवै पक्षका प्राविधिकको रहेको बैठकमा बताइएको छ ।

बैठकमा नेपालतर्फबाट पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पराजुली, बाराका प्रमुख जिल्ला अधिकारी विजयनाथ मानन्धर, पर्साका प्रहरी उपरीक्षक रेवती ढकाल, बाराकी प्रहरी उपरीक्षक मीरा चौधरी, सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय पर्साका सशस्त्र प्रहरी उपरीक्षक सुशीलप्रसाद पराजुली, बाराका सशस्त्र प्रहरी उपरीक्षक वेणुप्रसाद पाठक, बारा पर्साका नापी कार्यालय, पर्साका प्रविधिकको सहभागिता रहेको थियो ।

यसैगरी भारततर्फबाट पूर्वी चम्पारणका डिएम रमन कुमार, पश्चिमी चम्पारणका डिएम डा निलेश दौरेलगायत विभिन्न ओहदाका सुरक्षा अधिकारी तथा नापीका प्राविधिकको सहभागिता रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group