काठमाडौँ, १० जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरीगंगा नगरपालिका–१२ छिञ्चु सुर्खेतका स्वास्थ्यचौकी इञ्चार्ज नेत्रबहादुर देवकोटा र व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद कँडेलविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता कालीप्रसाद पराजुलीका अनुसार स्वास्थ्यचौकीबाट निःशुल्क वितरण गरिने औषधि सेवाग्राहीलाई नदिई नक्कली बिल बनाएर रु ५० हजार ५८० भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको हो । आयोगले कसूरको मात्रानुसार जरिवाना र कैद सजाय माग गरेको छ ।
यस्तै आयोगले आजै बाँकेको साविक नौबस्ता–४ मा डिप बोरिङ निर्माण सम्पन्न भएकामा हालसम्म सञ्चालन नगरेको तर रु एक लाख ५८ हजार ७७१ भुक्तानी लिएको अभियोगमा दुई जना विरुद्धमुद्दा दायर गरेको छ । आयोगले सो कार्यमा बदमासी गरेको भन्दै नासु खिमलाल पाण्डे र सबओभरसियर नेत्रविक्रम थापाविरुद्ध कसूरअनुसारको जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर गरेको छ ।
प्रतिक्रिया दिनुहोस्