दैलेख, १० जेठ । हावाहुरीले ढलेको रुखले च्यापिएर दैलेखको ठाँटीकाँधमा बिहीबार साँझ एक बालकको ज्यान गएको छ ।
घटना ठाँटीकाँध गाउँपालिका–६, लाममेला टोलका जोगी दमाइको साईंलो छोरा ८ वर्षीय बालक रमेश नेपालीको ज्यान गएको प्रहरीले जनाएको छ । हावाहुरीले घर नजिकैको सल्लोको रुख ढलेर जोगी दमाईको १ तले घर भत्काउँदा ती बालकको घटनास्थलमै ज्यान गएको ठाँटीकाँध प्रहरी चौकीका हवल्दार आकाशसिंह ठकुरीले उज्यालोलाई बताउनुभयो ।
४ छोरा उनीहरुकी आमा अम्रा नेपाली घरभित्रै भएको बेला रुख ढलेर घर भत्किएलगतै आमाले सबै बच्चाहरुलाई बाहिर निकाले पनि बाहिर निकालिसकेपछि रमेशको प्राण गएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्