ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश प्रमुखद्वारा अस्पतालको अवलोकन


एबीसी न्यूज
११ जेष्ठ २०७५, शुक्रबार   ९ : २७   बजे

नगरकोट, ११ जेठ ।  प्रदेश नम्बर ५ का प्रमुख उमाकान्त झाले बिहीबार भक्तपुर क्यान्सर अस्पतालको अवलोकन गर्नुभएको छ ।

भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत आफ्नो निजी सचिवालयका कर्मचारी भवीन्द्र कार्कीका बुबा जगतबहादुर कार्कीको स्वास्थ्य अवस्था बुझ्न प्रदेश प्रमुख झा अस्पताल पुग्नुभएको समयमा अस्पतालको अवलोकन गर्नुभएको हो ।

प्रदेश प्रमुख झालाई अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले स्वागत गर्दै अस्पतालको अवलोकन भ्रमण गराउनुभएको थियो । अध्यक्ष श्रेष्ठले भक्तपुर क्यान्सर अस्पताल सरकारी–निजी सहकारीको उत्कृष्ट नमूना भएको भन्दै अस्पतालमा आउने क्यान्सर बिरामीको चाप दिनप्रतिदिन बढिरहेको बताउनुभयो ।

“क्यान्सर बिरामीको चाप दिनप्रतिदिन बढिरहेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले भर्ना गर्न शय्या नपाउँदा दैनिक ३०–४० जना बिरामीलाई फर्काउनुपर्ने बाध्यता भएको जानकारी दिनुभयोे ।”

प्रदेश प्रमुख झाले अस्पतालले दिने सेवा सुविधाबारे र निःशुल्क उपचार दिन सकिने नसकिनेबारे चासो व्यक्त गर्नुभएको थियो ।

नेपाल अर्बुदरोग निवारण संस्थाका अध्यक्षसमेत रहनुभएका श्रेष्ठले सरकारले आर्थिक सहयोग उपलब्ध गराए अस्पतालले क्यान्सर बिरामीलाई निःशुल्क उपचार गर्न सकिने जानकारी दिनुभयो ।

सरकारले चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सरलाई उपलब्ध गराउने बजेटको १० प्रतिशतमात्रै उपलब्ध गराए भक्तपुर क्यान्सर अस्पतालले सम्पूर्ण क्यान्सर बिरामीको निःशुल्क उपचार गर्न सकिने उहाँले बताउनुभयो ।

अध्यक्ष श्रेष्ठले क्यान्सरको छुट्टै विभाग नभएका निजी अस्पताललाई गरीब तथा विपन्न क्यान्सर बिरामीलाई दिइने अनुदान दिन नहुनेतर्फ प्रदेश प्रमुखको ध्यानाकर्षण गराउनुभयो ।

“विपन्न अनुदान जथाभावी दिँदा काठमाडौँका गल्लीमा अस्पताल खुल्नेछन्”, उहाँले भन्नुभयो, “पैसा जति निजी अस्पतालमा खर्च गरेर अन्तिम अवस्थामा हामीकहाँ आउने क्रम बढ्नेछ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

 सर्वोच्चको आदेशपछि सम्पत्ति छानबिन रोकियो, आयोग फाइल सुरक्षित गर्न व्यस्त

राष्ट्रियसभा बैठक आज, गृहमन्त्रीसँग मौखिक प्रश्न–उत्तरदेखि पशु रोग नियन्त्रण विधेयक प्रस्तुत हुने

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu