ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दलित विद्यार्थी भर्ना नलिनेविरुद्ध मुद्दा


एबीसी न्यूज
११ जेष्ठ २०७५, शुक्रबार   १० : ०७   बजे

झापा, ११ जेठ। दलित विद्यार्थी भर्ना लिन नमानेपछि झापाको भद्रपुरमा सञ्चालित एक गुरुकूलका अध्यक्ष र प्राचार्यविरुद्ध मुद्दा दर्ता गरिएको छ ।

भद्रपुर–६ मा सञ्चालित कृष्ण द्वैपायन गुरुकुल वेद विद्याश्रममा दलित विद्यार्थी भर्ना गर्न नमानेपछि गुरुकूलका अध्यक्ष राजेन्द्र चापागाईं र प्राचार्य राजन तिवारीविरुद्ध जातीय छुवाछूत तथा भेदभाव (कसुर र सजाय) ऐन—२०६८ बमोजिम कारबाहीको माग गर्दै बिहीबार मुद्दा दायर गरिएको हो ।

“जातीय विभेद गर्ने गुरुकूलका अध्यक्ष र प्राचार्यलाई कारबाहीको माग गर्दै मुद्दा दर्ता गरेका छौँ”, उत्पीडित अधिकार मञ्च झापाका सचिव सागर पोर्तेलले भन्नुभयो, “झापाकै अन्य गुरुकूलमा दलित विद्यार्थी राम्ररी अध्ययन गरिरहेका छन्, तर यहाँ विभेद गरियो ।”

दलित विद्यार्थी भर्ना नलिएपछि जिल्लाका दलित अधिकारकर्मीले एकसातादेखि पाठशालामा तालाबन्दी गरेका छन् । इलाम नगरपालिका–५, बरबोटेका विकास कार्कीढली (दर्जी) लाई गुरुकूलले भर्ना लिन नमानेपछि दलित अधिकारकर्मीको टोलीले तालाबन्दी गरेको थियो ।

दलितले जुनसुकै विद्यालय र संस्कृत पाठशालामा पढ्न पाउने नैसर्गिक अधिकारलाई पाठशालाले उल्लंघन गरेको नेपाल राष्ट्रिय उत्पीडित विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष टीकाराम मंग्रातीले बताउनुभयो । उहाँले भन्नुभयो, “विभेद गर्ने पाठशालालाई कारबाहीका लागि सम्बद्ध निकायसँग माग गरेका छौँ ।”

गुरुकूलले दलित विद्यार्थीलाई भर्ना लिन नमानेपछि समस्या समाधानका लागि छलफल गरेपनि निष्कर्षमा पुग्न सकेको छैन । उता, प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले दलित विद्यार्थीलाई दुई दिनभित्र आवासीयरुपमा भर्ना गर्न निर्देशन दिए पनि गुरुकूलले त्यसलाई बेवास्ता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अधिकांश विदेशी मुद्राको विनिमयदर स्थिर, अमेरिकी डलर १५२.८२ रुपैयाँमै

गरिमा चौधरी प्रकरणमा सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Nepal’s Hetauda Textile Industry Resumes Trial Production After Two Decades

Arghakhanchi District Issues Hunting Permits Amid Crop Damage

China Issues Flood Alerts for Southern Provinces as Typhoon Narra Approaches

Pentagon Fires Top Stars and Stripes Leaders Amid Editorial Independence Dispute

Six EU Nations Propose Windfall Tax on Oil Companies Amid Rising Prices

Second World Humanoid Robot Games Underway in Beijing

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu