मोरङ, ११ जेठ । साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा संलग्न भएको आरोपमा थप एकजना पक्राउ परेका छन् । मोरङको उर्लाबारी नगरपालिका– ७ मा सिद्धीदेवि ज्वेलर्स सञ्चालन गर्दै आएका रेवत आचार्यलाई प्रहरीले पक्राउ गरेको हो ।
आचार्यलाई विराटनगरबाट बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका आचार्य सनमको साथी हुन् । उनले चुडामणि उप्रेती ‘गोरे’लालाई सुराकी गर्ने गरेको स्रोतले जानकारी दिएको छ । सनमको हत्या भएपछि उनले गोरेलाई सुराकी गर्दै आएका थिए । गोरेसँग निरन्तर सम्पर्कमा रहेको आधारमा आचार्यलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले कल डिटेलका आधारमा उनलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस्