ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुविधा सम्पन्न भएर पनि यो अस्पताल किन खाली, कारण यस्तो


admin
११ जेष्ठ २०७५, शुक्रबार   ६ : ३५   बजे

सप्तरी, ११ जेठ । हाल नेपालमा विभिन्न सरकारी अस्पतालमा बिरामीको चाप रहे पनि चिकित्सक, व्यवस्थापन तथा विभिन्न उपकरणलगायतका अभावमा लथालिङ्ग भएको सुन्ने गरिन्छ । तर, सप्तरीमा एउटा यस्तो अस्पताल छ जुन बिरामीकै अभावमा सुनसान रहेको छ ।

१३ महिना अघि उद्घाटन गरिएको सप्तरीको रुपनी गाउँपालिकास्थित “पूर्व क्षेत्रिय प्रहरी अस्पताल (ठाकोदेवी–जोगेन्द्र भगत)” केन्द्रिय प्रहरी कार्यालयको उदासिनताका कारण अहिले दिनहुँ बिमारी कुर्दै खोलिने गरिन्छ ।

२०७३ साल माघ १३ गते १३ शय्याको स्वीकृत पाएर तत्कालिन प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालबाट भव्य समारोहको आयोजना गरि उद्घाटन गरिएको यस अस्पतालमा हालसम्म एउटा पनि बिरामीको उपचार भएको छैन् । यता अस्पतालमा विद्युत उपभोगका लागि ट्रान्सफर्मर जडान हुन नसक्दा बिमारी बिनाको अस्पताल बन्न पुगेको छ ।

यीनै समस्यालाई उठान र केन्द्रिय तथा पूर्व क्षेत्रिय प्रहरी कार्यालयको ध्यानाकर्षण गराउन श्ुक्रबार रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव तथा अस्पतालका लागि करोडौं मुल्य पर्ने सवा दुई विगहा जग्गा दान गर्ने दाता जोगेन्द्र भगतले संयुक्त रुपमा अस्पताल परिसरमै पत्रकार सम्मेलनको आयोजना गरि अस्पतालको अवस्था बारे जानकारी दिएका छन् ।

आयोजना गरेको पत्रकार सम्मेलनको क्रममा संचारकर्मीहरु पुग्दा शुनसान रहेको अस्पतालका शय्या चहार्दै बिरामी खोजी गर्न थाले तर अस्पतालका सबै १३ वटै शय्या खाली देखिए ।

पत्रकार सम्मेलनमा बिरामी नभएको कारण खुलाउँदै रुपनी गाउँपालिकाका अध्यक्ष यादवले अस्पताल उद्घाटन भएकै दिनदेखी विद्युत उपभोगका लागि ट्रान्सफर्मर जडानका लागि केन्द्रिय प्रहरी र क्षेत्रिय प्रहरी कार्यालयमा पटक पटक आग्रह गरियो तर, आश्वासन बाहेक केही नपाएको बताए ।

उनले अस्पताल संचालनको जिम्मा लिँदै पूर्व क्षेत्रिय प्रहरी अस्पताल नामांकरण गरिए पनि प्रहरीको माथिल्लो निकायले यसलाई व्यवस्थित गर्न खासै चासो नदेखाएको गुनासो पनि उनले पोखे । १३ शय्याको अस्पतालमा दुई चिकित्सक, एक नर्स, ६ अहेब, एक अनमी, एक ल्याब असिस्टेन्ट, एक डेन्टल असिस्टेन्ट र एक जना रेडियोजिष्ट सहायक गरि १३ जना जनशक्ति उपलब्ध छन् ।

त्यस्तै अस्पतालमा डिजिटल एक्सरे मेसिन, भिडियो एक्सरे, डेन्टल चेयर, आकस्मिक कक्ष लगायतका सेवा पनि उपलब्ध छ । तर, विद्युतकै अभावका कारण स्वास्थ्यकर्मीहरु बेकामै र उपकरणहरु प्रयोगबिहीन बनेको छ । अध्यक्ष यादवले प्रहरी निकायबाट अस्पताल संचालनका लागि उद्घाटन पश्चात् एक रुँपैया पनि बजेट नआएको सुनाए ।

प्रहरी निकायबाट सहयोग नपाएपछि ट्रान्सफर्मर जडानका लागि गाउँपरिषदबाट दुई लाख ५० हजार रुँपैया बजेट पास गरि नेपाल विद्युत प्राधिकरण शाखा राजविराजको खातामा जम्मा गरि सकिए पनि तीन फेजको तार जडान तथा अन्य खर्चका लागि समेत प्रहरी निकायले कुनै सहयोग र चासो नदेखाएको उनको भनाई छ ।

यस्तै पत्रकार सम्मेलनमा अस्पतालका जग्गा दाता जोगेन्द्र भगतले प्रहरी निकायको उदासिनताले आफूलाई पछुतो र निरास बनाएको बताए । यहाँका जनताले स्वास्थ्य सेवा पाउला ठानेर करोडौं मुल्य पर्ने जग्गा दान गरियो, निकै उत्साहका साथ प्रहरीलाई हस्तान्तरण पनि गरियो, तर, अहिले अस्पतालको अवस्था हेरेर रुन मन लागेको उनले भने ।

पूर्व पश्चिम लोक मार्गको नजिकै रहेको अस्पतालमा प्रहरी र सर्वसाधारणको समेत उपचार हुने उद्देश्य रहेता पनि उद्घाटन पछि यसरी लथालिङ्ग बन्दा स्थानियवासी समेत निरास भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group