ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

के समयमै सकिएला बैतडीको पाटन विमानस्थल स्तारोन्तीको काम ?


admin
१३ जेष्ठ २०७५, आइतबार   ४ : ००   बजे

बैतडी, १३ जेठ । प्रदेश नं ७ को दोस्रो ठूलो बैतडीको पाटन विमानस्थल स्तरोन्नतिको काम तोकिएकै समयमै सम्पन्न नहुने संकेत देखिएको छ ।

विमानस्थल चालू आर्थिक वर्षको असार मसान्तसम्ममा कालोपत्रे गरिसक्ने हिसाबले गत भदौदेखि काम शुरु गरिएपनि पनि ढिलासुस्तीका कारण असारमा काम सम्पन्न नहुने छाँटकाँट देखिएको हो ।

ग्याल्वा च्यामलिंगा जगदम्बा जेभीले काम गरिरहेको विमानस्थलमा कटिङ र फिटिङको काम सकेर सबबेसको काम भइरहेको निर्माण कम्पनीका इन्जिनियर पुरन रावलले बताउनुभयो । उहाँले भन्नुभयो, “असार मसान्तसम्म ठेक्काको म्याद भएकाले निर्माण कम्पनीले म्याद थपका लागि आवेदन गर्ने तयारी गरेको छ ।” अहिलेसम्म विमानस्थल स्तरोन्नति गर्ने कार्यअन्तर्गत ७० प्रतिशत काम सकिएको नागरिक उड्डयन मन्त्रालयका इन्जिनियर एवं साइड सुपरभाइजर कविता भट्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ढिलो गरी काम शुरु भएको र बीचमा पानी परेकाले काममा केही ढिलाइ भएको छ”, सबबेस र बेसको काम वर्षात्भरि सक्ने हिसाबले काम भइरहेको छ । अब दशैँको आसपासमा विमानस्थलमा कालोपत्रे गरिसक्ने हिसाबले काम हुने साइड सुपरभाइजर भट्टले बताउनुभयो ।

करीब रु १३ करोडको लागतमा पाटन विमानस्थलमा ५९० मिटर लम्बाइ र २० मिटर चौडाइको रनवे कालोपत्रे गरिँदै छ भने ७० मिटर लम्बाइ र ३० मिटर चौडाइको एप्रोन कालोपत्रे गरिनेछ । विसं २०७२÷७३ को बजेट भाषणमा सरकारले झण्डै दुई दशकदेखि बन्द रहेको पाटन विमानस्थललाई स्तरोन्नति गरी पुनः सञ्चालन गर्न बजेट विनियोजन गरेको थियो । सोहीअनुसार गत मंसिरमा विमानस्थल सञ्चालनका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार पारिएको थियो ।

सोही डिपिआर अनुसार विमानस्थललाई स्तरोन्नति गरी पुनः सुञ्चालन गर्न ठेक्का आह्वान गरेर काम शुरु गरिएको हो । कालोपत्रे असारमा सक्ने भनिएकामा समयमा नसकिने भएपछि स्थानीय बासिन्दा भने निराश भएका छन् । विकास निर्माणका काम तोकिएको समयमा सम्पन्न नहुँदा धेरै समस्या हुने गरेको उनीहरूको गुनासो थियो ।

पाटनमा २०३२ सालमा विमानस्थल निर्माण शुरु भई २०३५ सालदेखि कच्ची स्थानमै हवाई सेवा शुरु भएपनि २०५२ सालमा भने विमानस्थल बन्द भएको थियो । पहाडी जिल्लामा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै विमानस्थल बन्द गरिएको थियो । विसं २०५८ मा तत्कालीन माओवादीले टावरमा आगो लगाएर ध्वस्त बनाएपछि विमानस्थल अलपत्र परेको थियो ।

प्रदेश नं ७ सुदूरपश्चिममा कैलालीको गेटा विमानस्थलपछिको सबैभन्दा ठूलो पाटन विमानस्थल हो । नौ सय ५० मिटर धावनमार्गको लम्बाइ रहेको यो विमानस्थल सुदूरपश्चिमको दोस्रो ठूलो विमानस्थलका रुपमा रहेको छ ।

पाटन विमानस्थल कालोपत्रे भएर सञ्चालनमा आए यस क्षेत्रको धार्मिक पर्यटनको विकास हुने सरोकारबालाले बताए । विमानस्थल सञ्चालन भएमा भारतीय पर्यटकसमेत आउने स्थानीय दिनेश विष्टको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group