ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महाकाली नदीको त्रिशूलदेखि ब्रह्मदेवसम्म ¥याफ्टिङ सञ्चालन


एबीसी न्यूज
१४ जेष्ठ २०७५, सोमबार   ८ : ४५   बजे

कञ्चनपुर, १४ जेठ ।   भीमदत्त नगरपालिकाले महाकाली नदीमा साहसिक जलयात्रा (¥याफ्टिङ)का लागि सम्भाव्यता अध्ययनको कार्य गरेको छ ।

महाकाली नदीको त्रिशूलदेखि ब्रह्मदेवसम्म ¥याफ्टिङ सञ्चालन गर्न लागिएको हो । यसका लागि नगरपालिकाले ¥याफ्टिङ कम्पनीबाट सम्भाव्यता अध्ययन गराएको छ ।

महाकाली नदीको बहुप्रयोग योजना अन्तर्गत भीनपा–९ मा ¥याफ्टिङ सञ्चालन गर्न लागिएको हो । गत वर्षको स्थानीय तह निर्वाचनमा महाकाली नदीको बहुप्रयोग भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको चुनावी एजेण्डा थियो ।

नगर प्रमुख विष्टले नदीको बहुप्रयोगको एजेण्डाअनुसार ¥याफ्िटङ सञ्चालनका लागि तयारी अघि बढाएका हुन् । नगर प्रमुख विष्टले धार्मिक पर्यटनलाई मध्यनजर गरी ब्रह्मदेवदेखि भित्री मधेशको फर्सवानसम्म ¥याफ्टिङ सञ्चालन गरिने बताउनुभयो ।

भीनपाले पर्यटन मन्त्रालयलाई ¥याफ्टिङ सञ्चालन सहयोगका लागि यसअघि नै पत्र पठाएको थियो । कैलालीको कर्णाली ¥याफ्टिङ एण्ड एडभेन्चर प्रालि भीनपाको सहयोगमा ¥याफ्टिङ सञ्चालनका लागि इच्छुक देखिएको छ ।

कम्पनीका सञ्चालक देवराज जैशीले भारतीय कम्पनीसित सहकार्य गरी छिट्टै ¥याफ्टिङ सञ्चालनको तयारी गरिने बताउनुभयो ।
“महाकाली नदी ¥याफ्टिङका लागि उपयुक्त गन्तव्य हो, यहाँ त्रिशूली नदीभन्दा पनि राम्रो रहेको कम्पनीका सञ्चालक जैसीले बताउनुभयो ।
जैसीको कम्पनीले अहिले कर्णाली, भेरी, सेती, सानो भेरी, ठूलो भेरी, हुम्ला कर्णाली, डोल्पा कर्णाली, त्रिशूली नदीमा ¥याफ्टिङ सञ्चालन गर्र्दै आएको छ ।

ब्रह्मदेव उत्तरको गाउँ मुसेट्टी नजिक त्रिशूलीबाट तीन वटा ¥याप गरी ब्रह्मदेवसम्म पुग्न सकिने जैसीले बताउनुभयो । महाकाली नदीको मौनताको दृष्य समेत पर्यटकलाई देखाउने गरी ¥याफ्टिङको तयारी गरिएको हो । महाकाली नदीमा फिसिङका लागि विदेशी आउने गरेका छन् । सरकारले महाकालीसहित सेती र कर्णालीमा ¥याफ्टिङका लागि अनुमति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

 सर्वोच्चको आदेशपछि सम्पत्ति छानबिन रोकियो, आयोग फाइल सुरक्षित गर्न व्यस्त

राष्ट्रियसभा बैठक आज, गृहमन्त्रीसँग मौखिक प्रश्न–उत्तरदेखि पशु रोग नियन्त्रण विधेयक प्रस्तुत हुने

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu