ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णाली प्रदेशमा हवाइ भाडा पुनरावलोकन, हेनुहोस् कति भाडा कायम भयो ?


admin
१४ जेष्ठ २०७५, सोमबार   ५ : ४३   बजे

डोल्पा, १४ जेठ । कर्णाली प्रदेशको दुर्गम र पहाडी जिल्लाको हवाइ भाडादर पुनरावलोकन तथा समायोजन भएको छ । नेपाल नागरिक उड्यन प्राधिकरणले दुर्गम तथा हिमाली जिल्लामा सात बर्ष पछि भाडादर पुनरावलोकन गरेको हो ।

अब कर्णालीका दुर्गम हिमाली जिल्लामा नियमित सेडुलका उडान गरि चार्टर उडान बन्द हुने भएको नेपाल नागरिक उड्यन प्राधिकरणले जानकारी दिएको छ ।

कर्णाली लगायतका दुर्गम जिल्लाहरुमा भाडादर पुनरावलोकन गरिएको र बिमान कम्पनीसंगको सम्झौता अनुसार चार्टर उडान बन्द गरि सेडुलका उडान भर्ने निर्णय भएको नागरिक उड्यन प्राधिकरण नेपालगञ्जका प्रमुख प्रताबबाबु तिवारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्गम क्षेत्रको भाडादर पुनरावलोकन तथा समायोजनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले गएको बैशाख २६ गते मन्त्रीस्तरीय बैठकबाट स्वीकृत गरेको बताउनुभयो ।

कर्णाली तथा दुर्गम हिमाली जिल्लामा तारा,गोमा,सिता,मकालु र नेपाल एयरलाइन्सले उडान भर्दै आएका छन ।

लामो समय देखि कर्णालीका जिल्लामा उडान भर्दै आएको तारा एयरले अब चार्टन उडान नर्भने र सेडुलका मात्र उडान भर्ने तारायएरका नेपालगञ्ज स्टेशन प्रमुख दिलिप कार्किले बताउनुभयो ।उहाँका अनुसार नियमित सेडुलबाटै यात्रुलाइ सेवा प्रदान गरिन्छ तर कसैले निजि रुपमा चार्टर गर्न भने पाउनेछन ।

नेपाल नागरिक उड्यन प्राधिकरणका अनुसार नेपालगञ्ज डोल्पाको भाडादर ५ हजार ३ सय १० तोकेको छ । यस भन्दा पहिले नेपालगञ्ज डोल्पा ८ हजार ८ सय १५ रुपैया थियो ।

त्यसैगरि नेपालगञ्जबाट सिमिकोटका लागि ७ हजार १ सय ९०,राराको लागि ५ हजार ८ सय ४०,जुम्ला र बाजुराका लागि ५ हजार ४ सय ४० एकतर्फि भाडादर कायम भएको छ ।

हाल कामय भएको भाडादर ३२ प्रतिशतले यात्रुलाइ कम पर्ने प्राधिकरणले जनाएको छ । नेपाल नागरिक उड्यन प्राधिकरणले ३५ प्रतिशत भाडा पनि बढाएको छ । यसबाट नियमित सेडुलका उडान भर्दा बिमान कम्पनीहरुलाइ घाटा भने लाग्ने छैन ।

डोल्पाबाट नेपालगञ्जका लागि ३ हजार ८ सय १५ रुपैया भाडादरमा बढेर ५ हजार एक सय भएको जुफाल बिमानस्थलको कार्यालयले जानकारी दिएको छ ।

अब यात्रुले नियमित उडानमा यात्रा गर्न पाउने भएको कारण दुर्गम तथा कर्णालीका जिल्लामा हवाइ उडानमा समस्या हुनेछैन् ।

नेपाल नागरिक उड्यन प्राधिकरणका अनुसार पछिल्लो एक बर्षमा नेपालगञ्ज बिमानस्थलबाट दुर्गम तथा कर्णालीका जिल्लाहरुमा ४१ हजार उडान भरेका छन ।

जम्मा उडानको लगभग आठ हजार उडान मात्र सेडुलका भएको र अन्य सबै चार्टर उडान भएको तथ्यांक प्राधिकरणका नेपालगञ्ज प्रमुख प्रताबबाबु तिवारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,’यो दुर्गम तथा कर्णालीका नागरिकको बाध्यता हो रहर हैन अब त्यसो हुदैन ।’

पछिल्लो समय हुम्लाको मानसरोवरमा तिर्थ यात्रूहरु धेरै जाने भएकोले डोल्पामा दैनिक एक उडान मात्र हुने गरेकोले यात्रा गर्न कठिन भएको नागरिकको गुनासो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

 सर्वोच्चको आदेशपछि सम्पत्ति छानबिन रोकियो, आयोग फाइल सुरक्षित गर्न व्यस्त

राष्ट्रियसभा बैठक आज, गृहमन्त्रीसँग मौखिक प्रश्न–उत्तरदेखि पशु रोग नियन्त्रण विधेयक प्रस्तुत हुने

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu