काठमाडौं, १४ जेठ । सरकारले संघको मातहतमा तीन वटा मात्रै संग्राहलय राख्ने तयारी गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले संघको मातहतमा राष्ट्रिय संग्राहलय, नारायणहिटी ऐतिहासिक संग्राहलय र नेपाल राष्ट्रिय सांस्कृतिक संग्राहलय रहने बताउनुभएको हो ।
सोमबार काठमाडौंको छाउनीस्थित राष्ट्रिय संग्राहलयको अवलोकनपछि मन्त्री अधिकारीले अरु सबै संग्राहलय स्थानीय तहलाई विधिवत रुपमा हस्तान्तरण गर्ने घोषणा पनि गर्नुभयो । उहाँले सबै जातीय संग्राहलयलाई मिलाएर नेपाल राष्ट्रिय सांस्कृतिक संग्राहलय बनाउन लागिएका जानकारी दिनुभयो । सरकारले सो संग्राहलय ललितपुरको चम्पादेवीमा बनाउन सुरु गरिसकेको छ ।
मन्त्री अधिकारीले राष्ट्रिय संग्राहलयको उचित व्यवस्थापनका लागि आवश्यक बजेट उपलब्ध गराउने आश्वासन पनि दिनु भयो ।
प्रतिक्रिया दिनुहोस्