नवलपरासी, १५ जेठ। फेसबुकमा अश्लील तस्बिर राखेर राष्ट्रपति र प्रधानमन्त्रीको अपमान गरेको भन्दै कावासोतीबाट एक जनालाई पक्राउ गरिएको छ, राजधानी दैनिकमा खबर छापिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीका तस्बिरलाई फोटोसपको उपयोग गर्दै आपसमा अँगालो हालेको बनाएर आफ्नो फेसबुकमार्फत सेयर गरेपछि नवलपरासी बर्दघाट सुस्ता पूर्व कावासोती–१ निवासी सुरज भुसाल भनिने २९ वर्षीय तोयराज भुसाललाई पक्राउ गरिएको हो । उनलाई साइबर अपराधसम्बन्धी थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्ज काठमाडौं पठाइएको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्