ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सगरमाथा क्षेत्रमा फोहोर व्यवस्थापन मुख्य चुनौती


एबीसी न्यूज
१५ जेष्ठ २०७५, मंगलबार   २ : १६   बजे


सल्लेरी, सोलुखुम्बु, १५ जेठ ।  सगरमाथा क्षेत्रमा फोहोर व्यवस्थापन मुख्य चुनौती बनेको छ ।
सगरमाथा आरोहण समूहले नियमको पालना नगर्दा सगरमाथा आधार शिविरमाथि शिविर २ र ३ मा फोहोरको मात्रा अत्याधिक बढेको छ । यस वर्षको वसन्त ऋतुमा आरोहण गर्न गएकाले समेत नियमको पालना नगरेको पाइएको छ ।

वर्षेनी सयौंँको संख्यामा सगरमाथा आरोहणका लागि स्वदेशी र विदेशी सगरमाथा आधार शिविर पुग्छन् । यस वर्ष मात्रै चार सय बढीले सगरमाथा आरोहण गरेको पर्यटन विभागले जनाएको छ । विश्व कीर्तिीमानी कायम राख्नका लागि गरिने आरोहणका लागि बन्दोबस्तीका सामानसहित यहाँ आउने आरोही र उनका सहयोगीले फोहोर व्यवस्थापनमा ध्यान नदिँदा समस्या हुने गरेको सगरमाथा आरोही पासाङ्ङिमा शेर्पाले बताउनुभयो ।

यही जेठ ७(मे २१) मा सगरमाथाको सफल आरोहण गर्नुभएका शेर्पाले भन्नुभयो, “क्याम्प १ र २ मा केही मात्रामा फोहोर छ तर ३ र ४ मा भने अत्याधिक बढी देखिन्छ ।”
दिनप्रतिदिन सगरमाथा क्षेत्रमा फोहोरको मात्रा बढ्दै गएको प्रति चिन्ता व्यक्त हुन थालेको छ । सम्बन्धित निकायले यसको व्यवस्थापनका लागि समयमा नै ध्यान दिनुपर्ने सगरमाथा आरोही लालबहादुर वाइवाको सुझाव छ । वाइवाले भन्नुभयो, “फाहोर व्यवस्थापनको केही पहल भए पनि यो पर्याप्त छैन, यसलाई सरकारले नै विशेष योजना बनाउन आवश्यक छ ।”

विभिन्न शिविरमा बस्नका लागि निर्माण गरिएको पालसमेत लथालिङ्ग छाड्ने गरिएको पाइएको छ । आरोहणमा गएकाहरुले आरोहण सकेर फर्कने क्रममा विभिन्न कारणले फोहोरको व्यवस्थापनमा ध्यान दिन नसकेको बताइन्छ ।
छ पटक सगरमाथा आरोहण सक्नुभएका सोताङका यति शेर्पाले विगत वर्षभन्दा यस वर्ष बढी नै फोहोरको मात्र बढेको बताउनुभयो । “दिनप्रति दिन सगरमाथा क्षेत्र फोहोरले कुरुप बन्दैछ”, शेर्पाले भन्नुभयो, “सबैले चासो नदिने हो भने विश्वको सर्वोच्च शिखर सगरमाथाको महत्व समेत घट्न सक्छ । जलवायु परिवर्तन, मानिसको चापलगायतले सगरमाथाको सौन्दर्य घटाएकोमा फोहोरले समेत भूमिका खेलिरहेको छ ।”

सगरमाथा क्षेत्रको फोहोर व्यवस्थापनका लागि नै सगरमाथा प्रदूषण नियन्त्रण समिति (एपिसिसी)ले काम गरिरहेको छ । संस्थाको नियमअनुसार एक जना व्यक्ति बराबर आठ केजी फोहोर अनिवार्य संस्थाको कार्यालय नाम्चेमा ल्याएर बुझाउनुपर्छ । उक्त फोहोर छुट्याएर जल्नेलाई जलाउने र नजल्ने फोहोर काठमाडाँै पठाउने गरिएको एपिसिसीका कार्यक्रम अधिकृत कपिन्द्र राईले बताउनुभयो ।

आरोहीले सगरमाथा आरोहणमा जाँदा चार सय डलरसम्म धरौटी जम्मा गर्नुपर्ने प्रावधान छ । मापदण्डानुसार फोहोर फिर्ता नल्याएको प्रतिवेदन प्राप्त भएमा उक्त धरौटी जफत हुने पर्यटन विभागका सूचना अधिकारी रामप्रसाद सापकोटाले जानकारी दिनुभयो । अहिलेसम्म भने फोहोर नल्याएर धरौटी जफत भएको कुनै अभिलेख नभएको सूचना अधिकारी सापकोटाको भनाइ छ ।

पर्यटन व्यवसायीका अनुसार आठ केजी फोहोर ल्याउँदैमा त्यस क्षेत्रमा उत्पादन भएको फोहोर व्यवस्थापन नहुने प्रष्ट छ । आज सगरमाथा दिवस विभिन्न कार्यक्रम गरी मनाइने भए पनि त्यो औपचारिक कार्यक्रमले त्यस क्षेत्रको बास्तविक समस्या पहिचान नहुने यहाँका यहाँका नागरिकको भनाइ छ । त्यसैले यहाँको मुख्य चुनौतीका रुपमा रहेको फोहोर व्यवस्थापनका लागि राज्यले नै विशेष कार्यक्रम बनाउनुपर्ने पर्यटन व्यवसायीको माग छ ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

 सर्वोच्चको आदेशपछि सम्पत्ति छानबिन रोकियो, आयोग फाइल सुरक्षित गर्न व्यस्त

राष्ट्रियसभा बैठक आज, गृहमन्त्रीसँग मौखिक प्रश्न–उत्तरदेखि पशु रोग नियन्त्रण विधेयक प्रस्तुत हुने

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu