काठमाडौं, १५ जेठ । वैदेशिक रोजगारीबाट घर फर्कनेले एक सय ग्राम काँचो सुन लिएर आउन पाउने भएका छन् । त्यसका लागि त्यसका लागि सरकारले तोकेको भन्सार शुल्क तिर्नुपर्ने छ ।
अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बजेट सार्वजनिक गर्दै एक सय ग्रामसम्म काँचो सुन लिएर आउन पाउने घोषणा गर्नुभएको हो । यसअघि सरकारले ५० ग्रामसम्म सुनका गहना मात्रै ल्याउन पाउने नियम थियो ।
प्रतिक्रिया दिनुहोस्