सर्लाही, १५ जेठ । सर्लाहीको चक्रघट्टामा पोखरीमा डुबेर दुई जना बालिकाको ज्यान गएको छ।
हिजो बिहानै देखि घरबाट हराएका ठगा राम चमारको ९ वर्षकी छोरी आकृति राम र हरी राम चमारको ९ वर्षकी छोरी यशोदा देवी रामको पोखरीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
हिजो बिहानै देखि हराएका बालिकाको शव राति स्थानीयले खोज्ने क्रममा पोखरीमा तरिएको अवस्था भेटिएको हो। उनीहरू दुबैको शव परिक्षणको लागि जिल्ला अस्पताल मलंगवामा लगिएको छ।
प्रतिक्रिया दिनुहोस्