काठमाडौँ, १५ जेठ । प्रतिपक्षी दल नेपाली काँग्रेसले कारागारमा रहेका बालकृष्ण ढुंगेलको कैद माफी मिनाहाको निर्णय फिर्ता लिन संसद्मार्फत सरकारको ध्यानाकर्षण गराएको छ ।
संघीय संसद्को आजको बैठक प्रारम्भमै काँग्रेसका सबै सांसद्हरु आफ्नो आशनबाट उठेर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले सांसद् गगन थापालाई बोल्न समय दिनुभएको थियो । सांसद् थापाले ढुंगेल व्यक्ति हत्याका आरोपमा सर्वोच्च अदालतबाट फैसला भई थुनामा परेका हुनाले सो मुद्दालाई सत्य निरुपण तथा मेलमिलाप आयोगको दायरामा ल्याएर हेर्न नमिल्ने जिकिर गर्नुभयो ।
थापाले भन्नुभयो, “सरकारले ढुंगेलको चालचलन सुध्रिएको भनेर विगतमा राजाले माफी दिए झै वर्तमान प्रधानमन्त्रीलाई छैन । यस्तो निर्णय फिर्ता लिनुपर्छ ।” तत्पश्चात बैठक चालू भई अर्थमन्त्रीले बजेट प्रस्तुत गर्नुभएको थियो ।
तत्कालीन नेकपा ९माओवादी केन्द्र० का पूर्वसांसद् ढुंगेललाई गणतन्त्र दिवसका अवसरमा नेपाल सरकारको सिफारिशमा राष्ट्रपतिले कैद मिनाहा गरेपछि उहाँ आजै डिल्लीबजार कारागरबाट रिहा हुनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्