ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फलामेडाँडालाई पर्यटकीयस्थल बनाउन पहल


एबीसी न्यूज
१६ जेष्ठ २०७५, बुधबार   ८ : १५   बजे

फलेवास, पर्वत, १६ जेठ।  पर्वतको जलजला गाउँपालिका–५, लेखफाँटमा रहेको फलामेडाँडालाई पर्यटकीयस्थल बनाउन स्थानीयवासीले पहल थालेका छन् ।

हिमशृंखला, सूर्योदय, पहाडी भूगोल, ग्रामीण बस्तीको मनमोहक दृष्य अवलोकन गर्न सकिने फलामेडाँडालाई पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न स्थानीयवासीले पूर्वाधार निर्माण तथा प्रचारप्रसार शुरु गरेका छन् ।

प्रशस्त पर्यटकीय सम्भावना भएपनि पूर्वाधार र प्रचारप्रसारको कमीले फलामेडाँडा ओझेलमा परेको छ । समुद्री सतहदेखि दुई हजार ४१५ मिटरको उचाइमा अवस्थित फलामेडाँडाबाट धौलागिरि, अन्नपूर्ण, नीलगिरि हिमाल, पर्वत, बागलुङ र म्याग्दीका ग्रामीण बस्तीको रमणीय दृष्य अवलोकन गर्न सकिन्छ ।

फलामेडाँडामा भ्यू टावर निर्माण गर्ने योजना रहेको लोप्रेका युवा पुर्खबहादुर पुर्जा पुनले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाको रु ५० हजार सहयोगमा यस वर्ष ५४ मिटर ढुङ्गे सिढीसहितको पदमार्ग निर्माण भएको छ ।

पदमार्ग निर्माणका लागि लोप्रेका ६५ घरधुरीले दुई दिनका दरले श्रमदान गरेका थिए । भ्यू टावर, होटल तथा लज सञ्चालनका साथै सडकको स्तरोन्नतिका लागि गाउँपालिकामा पहल गरिएको छ ।

बेनी मल्लाज, बाँसखर्क, नाँगी, शालीजा भएर पुग्न सकिने फलामेडाँडालाई करबाकेली इको टे«क (पर्या पदमार्ग) मा समावेश गर्न प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group