ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कम्युनिष्ट पार्टीको अगुवाइमा समाजवादको आधार – प्रधानमन्त्री ओली


एबीसी न्यूज
१६ जेष्ठ २०७५, बुधबार   २ : ३३   बजे


काठमाडैं , १६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा शान्तिपूर्ण प्रतिस्पर्धाका आधारमा कम्युनिष्ट पार्टीको अगुवाइमा समाजवादको आधार तय हुँदै गएको बताएका छन् ।

विश्व सर्वहारा वर्गका नेता कार्ल माक्र्सको जन्म द्विशतवार्षिकीका अवसरमा नेपाल कम्युनिष्ट पार्टी र नेकपा (मसाल) ले आयोजना गरेको ‘माक्र्सवाद र समाजवाद’ विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले माक्र्सवादको मार्गदर्शनमा नेपालमा कम्युनिष्ट पार्टीको अगुवाइमा समाजवादको आधार तय हुँदै गएको बताएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीचको ऐतिहासिक एकताबाट निर्मित नेकपाले राजनीतिक स्थिरता, आर्थिक समृद्धि, सामाजिक न्याय र समानता कायमसहित समाजवादतर्फको यात्रा तय हुने बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘नेकपाले सामान्तवाद र साम्राज्यवादको विरोध गर्दै लोकतान्त्रिक आन्दोलनमा सफलता हासिल गरी अब श्रमिक वर्गको चाहनालाई पूरा गर्न समृद्ध समाजवादी यात्राका लागि बाटो तय गर्नेछ ।’

विश्व पूँजीवादले नवउदारवादलाई नियन्त्रण गर्न नसकी संकटमा परिरहेको सन्दर्भमा समाजवादी यात्राको विकल्प नभएको तर कम्युनिष्टहरुले सामाजिक र राष्ट्रिय परिवेशका आधारमा माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्न सक्नुपर्नेमा उनले जोड दिए ।

प्रधानमन्त्री ओलीले माक्र्सवादको प्रभावका कारण सामाजिक न्याय, समानता, स्वतन्त्रता र प्रबन्धमा विश्वमा सकारात्मक प्रभाव परेको तथा एक्काइसौं शताब्दीमा पनि माक्र्सवाद उत्तिकै सामयिक विज्ञानका रुपमा रहेको बताए ।

सही रणनीतिसहित समाजवादतर्फ – ‘प्रचण्ड’

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाले हासिल गरेको नेपालमा हालैको निर्वाचनको जनमत र त्यसपछि दुई ठूला कम्युनिष्ट पार्टीबीच भएको एकता सही रणनीतिका साथ जनवादको प्रयोग गर्दै समाजवादको आधार तय गर्न अग्रसर रहेको बताए ।
उनले जनताको चाहना बमोजिम स्थिरता र सुशासनका लागि अहिलेको सरकारले काम गर्दै पार्टीभित्र र बाहिरको लोकतन्त्रमा सुधार गरेर समाजवादको यात्रामा जानुपर्नेमा जोड दिए ।
अध्यक्ष दाहालले भने, ‘माक्र्सवाद एक विज्ञान हो, यसलाई आफ्ना राष्ट्रिय परिवेशका सन्दर्भमा प्रयोग गरेर समाजवादको यात्रामा अगाडि जान नसकिए जनताको चाहनालाई पूरा गर्न नसकिने विश्व इतिहासका सिकाइलाई आत्मसात् गरेर सजगताका साथ अघि बढ्न आवश्यक छ ।’
‘जनवादलाई बुझ्ने र ग्रहण गर्ने सन्दर्भमा हामीले सरकार र अन्तरपार्टीभित्रको प्रणालीलाई अपनाउन थालेका छौँ,’ उनले भने, ‘नेपाली कम्युनिष्ट आन्दोलनका सशस्त्र र शान्तिपूर्ण आन्दोलनले सकारात्मक परिवर्तनका साथै समावेशी लोकतान्त्रिक संघीय गणतन्त्रका साथ समाजवाद उन्मुख संविधान दिलाउनु विश्वका लागि पनि एक सन्देश हो ।’
नेकपाका वरिष्ठ नेता एवं सम्मेलन आयोजक समितिका संयोजक माधवकुमार नेपालले विश्वका सबै कम्युनिष्ट र समाजवादी तथा विरोधी धारमासमेत माक्र्सवादलाई समाज विज्ञानको दर्शनका रुपमा लिएको बताउँदै अहिले पनि सो दर्शन उत्तिकै सामयिक रहेको छ भने ।

नेपालमा शक्तिशाली कम्युनिष्ट पार्टीको नेतृत्वका सरकार रहेको सन्दर्भमा कम्युनिष्ट र समाजवादी आन्दोलनका विश्व अनुभव आदानप्रदान गर्न सम्मेलन उपयोगी हुने बताउँदै उनले श्रमिक वर्गको मुक्ति र सामाजिक समृद्धिका लागि माक्र्सवाद बाहेक अर्को दर्शन नभएको धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group