ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यसपाली डोल्पाली स्याऊ उत्पादन घट्ने, मारमा कृषक


admin
१६ जेष्ठ २०७५, बुधबार   ३ : ११   बजे

डोल्पा, १६ जेठ । हिमाली जिल्ला डोल्पामा यस बर्ष स्याउ उत्पादन घट्ने भएको छ । गत दुई महिना यता पटक–पटकको असिना पानी र हावाहुरीका कारण गत बर्ष भन्दा यर्सबर्ष सत्तरी प्रतिशतले स्याउ उत्पादन घट्ने स्थानीय कृषकहरुले बताएका छन् । डोल्पाली कृषकको आम्दानीको मुख्य स्रोतको रुपमा रहेको स्याउ उत्पादन घट्ने भएपछि कृषक मारमा परेका छन् ।

यहाँको जुफाल, डाँगीवाडा, सुँ,जिँउ, रङ्ग, गल्ली, लिकु, रह,नाउला लगाएतका स्थानहमा स्याउको ब्यसायिक खेती गरिएको छ ।

यस बर्ष चैत्र अन्तिममा परेको असिना पानीले जिल्लाको अधिकाशं स्थानमा ब्यबसायिक रुपमा लगाईएको स्याउको फुल नष्ट पारेको स्याउ कृषहरुले बताए ।

“स्याउका बोटहरु फुलेर सेताम्य भएको बेला हावाहुरी र असिनापानीले झा-यो । झारेर बाँकी रहेका फल लागिसकेको स्याउ पनि जेठको असिनापानीे नष्ट पा-यो ”, ठुलीभेरी नगरपालिका ७ जुफालका जित बहादुर शाहीले भन्नुभयो ।

“मैले दुईसय बोट स्याउ रोपेको छु । हावाहुरी र असिनापानीले अधिकाशं बोटको फुल र फल नष्ट पा-यो । अघिल्लो बर्षभन्दा यसबर्ष सत्तरी प्रतिशत स्याउ उत्पादन घट्ने देखिएको छ ।”, कृषक शाहीले भन्नुभयो ।

“गत बर्ष एकलाखको स्याउ बेचेको थिए,यस बर्ष तीस हजारको बिक्रि गर्न पनि मुस्किल छ,यस बर्ष डोल्पाका स्याउ कृषकहरु साह्रै मारमा परेका छन्”उहाँले थप्नुभयो ।

त्यस्तै त्रिपुरा सुन्दरी नगरपालिका अन्तर्गत वडा नं ३ मा पर्ने जिँउ गाँउका स्याउ कृषक रञ्जित बाहोराको तीन सय बोट स्याउमा पनि असिना पानी र हावाहुरीले क्षती पु-यायो ।

“गत बर्ष दश क्विन्टल स्याउ उत्पादन भएको थियो,पाँच क्विन्टल मुश्किलले बिक्रि गरे,बिक्रिका लागि बजार नहुँदा आधा निशुल्क बाँडे,आधा घरमै कुहियो”, कृषक शाहीले थप्नुभयो ।

“यस बर्ष बिस हजार बराबरको स्याउ पनि उत्पादन नहुने देखिएको छ । हावाहुरी र असिना पानीले सबै नष्ट पारेको छ । क्षतीपुर्तीका लागि नगरपालिका, कृषि कार्यालय सबैमा निवेदन दिएका छौँ”।

“स्याउको बिमा पनि गरेका छौँ । थोरै भएपनि त्यसबाट राहत मिल्ने आसा छ ” कृषक बोहोराले भन्नुभयो ।

डोल्पामा शिखर ईन्सोरेन्सले फलफुल बिमा कार्यक्रम लागु गरेको छ । गत बर्षमात्रै असिना पानी र हावाहुरीका कारण ब्यबसायिक स्याउ खेती नष्ट हुँदा पिडित बनेका कृषकहरुलाई ५ लाख ६ हजार ८ सय २३ रकम बितरण गरिएको थियो ।

अहिले जीँउ गाँउमा मात्रै साठी जना भन्दा धेरैले ब्यबसायिक स्याउ उत्पादन गर्छन् । डोल्पाको मुख्य उत्पादन भित्र पर्ने दाँते ओखर भने यसबर्ष राम्रो फलेको स्थानीय कृषकहरुले बताए ।

डोल्पा कर्णालीमै स्वादिष्ट स्याउ उत्पादन हुने जिल्लाको रुपमा चिनिँदै आएको छ । तर डोल्पाली कृषकहरुले उत्पादन गरेको स्याउ खपत हुने बजार नहुँदा बर्सेनी लाखौँ मुल्य बराबरको स्याउ घरमै कुहिने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

 सर्वोच्चको आदेशपछि सम्पत्ति छानबिन रोकियो, आयोग फाइल सुरक्षित गर्न व्यस्त

राष्ट्रियसभा बैठक आज, गृहमन्त्रीसँग मौखिक प्रश्न–उत्तरदेखि पशु रोग नियन्त्रण विधेयक प्रस्तुत हुने

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu