काठमाडौं, १६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संसदमा पेश भएको बजेटलाई हावादारी भन्नु तर्कसंगत नभएको बताउनुभएको छ ।
नेपाल राष्ट्रिय शिक्षक संगठनको १२ औं महाधिवेशनको बुधबार काठमाडौंमा उद्घाटन गर्दे प्रधानमन्त्री ओलीले बजेटप्रतिको टिप्पणी गर्दा हावादारी भन्नु अवुझ भएको समेत बताउनुभयो ।
यसअघि मंगलबार संसदमा पेश भएको बजेटलाई काग्रेसका नेताहरुले हावादारी भनेर प्रतिक्रिया दिएका थिए । उहाले लोकतन्त्रलाई अस्वीकार गर्ने अधिकार कसैलाइ पनि नभएको भन्दै जनताको मतलाई कदर गर्न आग्रह पनि गर्नुभयो । केहि तत्वहरु मुलुकको समृद्धिको बाधक बन्दै शान्ति खल्बलाउन सक्रिय भएको भन्दै त्यो कदापी स्वीकार्य नहुने उहाको भनाई छ ।
प्रधानमन्त्री ओलीले ६० लाख निरपेक्ष गरिबीको रहेका जनतालाई पछाडि राखेर प्रतिव्यक्ति आय र जिडिपी बढाउने आँकडा सरकारले प्रस्तुत नगर्ने स्पष्ट पार्नुभयो । ‘भोको पेट राखेर जिडिपी बढाएर के हुन्छ?’उहाँले प्रश्न गर्नुभयो। उहाले कोहि जनताको अब भोकै नाङ्गै बस्न नपर्ने समेत दोहराउनुभयो । उहाले मुलुकको समृद्धिका लागी कसैसंग पनि सम्झौना नगर्ने उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री ओलीले अव्यावहारिक शिक्षाको ठाउँमा गुणस्तरीय शिक्षा बढाउने पक्षमा आफू रहेको पनि बताउनुभयो । कार्यक्रमममा संस्कृतिविद् सत्यमोहन जोशी र नेपाल राष्ट्रिय शिक्षक संगठनका संस्थापक बद्रीप्रसाद खतिवडा लगाएतलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्