चितवन , १६ जेठ । ४० प्रतिशत कैद भुक्तान गरेका कैदीमध्य राम्रो चालचलन भएकालाई रिहा गरिनु नियमित प्रक्रिया भएको बताएका छन् ।
चितवनमा आज प्रेस चौतारी चितवन र प्रेस सेन्टर चितवनले संयुक्त रुपमा गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री थापाले नियमित प्रक्रिया अन्तर्गत नै बालकृष्ण ढुङ्गेल रिहा भएको बताए । ढुङ्गेलको बिषय राजनितिक मुद्धा भएको र यसअघि नै सबै दलले निर्णय गरेको तर केही कानुनी प्रावधान नपुगेकोले अहिले ४० प्रतिशत कैद भुक्तान गरेकाले रिहा गरिएको उनले दाबी गरे ।
बिकास निर्माण र सडक निर्माणको क्रममा भएको ढिलासुस्ती र अनियमितताको बिषयमा सरकारले कठोर निर्णय लिने गृहमन्त्री थापाले बताए ।
नारायणगढ मुग्लिङ्ग सडक खण्डको म्याद आजै सकिएको र काम अझै सम्पन्न नभएको भन्ने पत्रकारहरुको प्रश्नको उत्तर दिदै गृहमन्त्री थापाले नारायणगढ मुग्लिङ्ग सडक खण्डको बिषयमा आवश्यक छानविन गरेर ठोस निर्णय लिने प्रष्ट पारे ।
त्यस्तैे आगामी आर्थीक बर्षको बजेटले बिकास र संमृद्धी सुनिश्चत् गर्दै ८ प्रतिशत आर्थिक बृद्धि दर सुनिश्चित भएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्