काठमाडौं, १६ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार प्रस्तुत गरेको बजेटमा विदेशबाट आउने नेपालीले सय ग्रामसम्म काँचो सुन भन्सार तिरेर ल्याउन पाउने व्यवस्था गरेका छन् ।
अर्थमन्त्रीले हिजो संसदमा पेश गरेको विधेयकमा पचास ग्रामसम्म सुन ल्याउँदा एउटा र त्यसभन्दा बढी ल्याउँदा अर्कै दरको महसूल लाग्ने प्रस्ताव छ।
विदेशबाट फर्केका यात्रुले काँचो सुन ल्याउँदा पहिलो ५० ग्रामसम्म प्रति १० ग्राम ५ हजार २ सय रुपैयाँ महसूल लाग्छ।
त्यसैगरी ५० ग्रामभन्दा बढी ल्याएमा प्रति १० ग्रामको ६ हजार २ सय रुपैयाँ महसूल लाग्छ।
१०० ग्रामभन्दा बढी सुन ल्याएमा बढी भएको परिमाण जति जफत गरिने प्रावधान विधेयकमा छ।
प्रतिक्रिया दिनुहोस्