काठमाडौं, १७ जेठ । काठमाडौ महानगरपालीकाका मेयर र उपमेयरबिचको बिबाद बढ्दै गएको छ । महानगरपालीकाभित्र मेयर विद्यासुन्दर शाक्यले एकलौटी ढंगले निर्णय गर्ने गरेको भन्दै उपमेयर हरिप्रभा खड्कीले बिहीबार आफु निकट वडाअध्यक्षहरुका साथ छुटै पत्रकार सम्मेलन समेत गर्नुभएको छ ।
काठमाडौ महानगरपालीकाको एकवर्षको कार्यप्रगति सार्वजनिक गर्न छुट्टै पत्रकार सम्मेलन गर्दे उपमेयर खड्कीले महानगरपालीका भित्र सत्तापक्ष र प्रतिपक्षीको व्यवहार भएको गुनासो गर्नुभयो । उहाले महानगरका हरेक गतिविधिमा मेयर शाक्यले आफूखुशी गरेको निर्णय गरेको आरोप पनि लगाउनुभयो ।
आफ्नै वडामा बन्दै गरेको ठूलो परियोजनामा समेत उपमेयरलाई थाहा नै नदिइ मेयर शाक्यले काम अघि बढाएको आरोप खड्कीको छ । मेयरकै कारण आजसम्म पञ्चबर्षिय कार्यक्रम तयार हुन नसकेको उहाको आरोप छ ।
महानगरपालीकाले गर्ने हरेक कार्ययोजनाको जानकारी २४ घण्टाअघि आफुहरुलाई जानकारी गराउन आग्रह गर्दा पनि आफुहरुलाई वेवास्ता गरि एकलौटी रुपमा अघि बढेको उहाले बताउनुभयो ।
विद्यासुन्दर शाक्य तत्कालिन नेकपा एमालेबाट काठमाडौ महानगरपालीकाको मेयर पदमा बिजयी हुनुभएको थियो भने हरिप्रभा खड्की नेपाली काग्रेसबाट उपमेयरमा बिजयी हुनुभएको थियो । पत्रकार सम्मेलनमा उपमेयर खड्कीले आफ्नो अगुवाईमा एक बर्षभित्र महानगरबाट भएका कामहरुका बारेमा जानकारी गराउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्