संखुवासभा, १७ जेठ । संखुवासभाको खाँदबारी नगरपालिका-३ मानेभञ्ज्याङमा सुतेकै ठाउमा एक जना महिलाको मृत्युु भएको छ । मानेभञ्ज्याङ बस्ने सुन्दर बिकको श्रीमति बर्ष २६ कि सम्झना बिक गय राति सन्चै सुतेको तर बिहिबार बिहान श्रीमान सन्तोषले उठाउन खोज्दा नउठी मृत अवस्थामा भेटिएको थियो ।
अचानक आज ७ बजेतिर बिहान श्रीमती मृत देखेपछि अस्थायी प्रहरी पोष्ट मानेभञ्ज्याङमा खबर गरेका थिए । खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट मानेभञ्ज्याङ र जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्र.नि समेतको टोलि खटिई गई हेर्दा निज महिला घोप्टो परी मृत अवस्थामा रहेको थप अनुसन्धान कार्य भईरहेको संखुवासभाको प्रहरी निरिक्षक बेद प्रसाद गौतमले बताए । उक्त स्थान खादबारिबाट ६ किलोमिटर उत्तर पर्छ ।
प्रतिक्रिया दिनुहोस्