काठमाडौं, १७ जेठ । नेकपाका सांसद गजेन्द्रबहादुर महतले सञ्चारमाध्यममा आफू रोएको भनेर आएको खबर गलत भएको स्पष्ट पार्नुभएको छ ।
सांसद महतले आफू बोल्दा नै त्यस्तो आवाज आउने र बैठकमा रोएको भन्ने समाचार गलत भएको बताउनुभएको हो । सांसद महत जुम्लाबाट निर्वाचित हुनुभएको हो । यसअघि संचारमाध्यमले प्रदेससभा बैठकमा बजेटबारे धारणा राख्ने क्रममा उहाँ रुनुभएको भन्ने समाचार सम्प्रेषण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्