चितवन , १७ जेठ । चितवनको खैरहनी नगरपालिका ९ सिमलटाँडीमा २ बर्ष हुँदा समेत पुल निर्माण नभएपछि स्थानिय अनसनमा बसेका छन् । खैरहनी ९ स्थित च्यात्रा खोलामा पुल निर्माण नभएको भन्दै स्थानिय अनिश्चितकालीन रिले अनसनमा बसेका हुन् ।
च्यात्रा खोलामा पुल निर्माण गर्न डिभिजन सडक कार्यालय भरतपुरले २०७३ असारमा नै कार्यदेश दिएको थियो । २०७३ असारमा नै सम्झौता भएर कार्यदेश दिएको पुलको निर्माण कार्य अहिलेसम्म सुरु नै हुन सकेको छैन ।
२०७५ असारसम्ममा सम्पन्न गर्ने गरि भरतपुरको जुद्ध एण्ड पुर्ण÷विश्वास जे भी सँग सम्झौता भएको थियो । सम्झौता भएको ठेकदार कम्पनीले काम सक्नुपर्ने मिती आउन लाग्दा समेत काम नै सुरु नभएपछि स्थिानिय बिरोधमा उत्रिनु परेको स्थानिय रुपा अधिकारीले बताइन् । स्थानियहरुले पुल निर्माणको लागि दवाव दिन खैरहनी नगरपालिकाको परिसरमा रिले अनसन बसेका हुन् ।
पुल भत्केको हुदाँ सवारीसाधन आवतजावत गर्न कठिन र एम्बुलेन्स र दमकल समेत गाँउमा जान नसक्ने अवस्था रहेको स्थानियले गुनासो गरे ।
प्रतिक्रिया दिनुहोस्