ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसियाका यी १२ रंगशालामा हुँदै छ विश्वकप फुटबल


एबीसी न्यूज
१८ जेष्ठ २०७५, शुक्रबार   ११ : ०९   बजे

काठमाडौं, जेठ १८ । अबको दुइ हप्तापछि हुन लागेको विश्वकप फुटबलको रौनक जतात तै छ । फुटबल प्रेमीको नजर दिन गीन्तीमा छ । सामाजिक संजालका भित्ता आफूले समर्थन गर्ने टिमको नामले रगिंएका छन् । यसैविच फुटबल प्रेमीलाई रसियाका विभिन्न शहरका रंगशालाका बारेमा पनि जान्ने रुचि जागेको हुनु पर्छ । किनकी त्यहिँकै ११ शहरका १२ रंगशाला विश्वकपका लागि तयारी अवस्थामा छन् । आगामी जुन १४ देखि जुलाई १५ सम्म यी रंगशालामा फुटबलको महाकुम्भ शुरु हुँदै छ । ८० हजार दर्शक क्षमताको लुजान्की रंगशालासँगै ३५ हजार दर्शक क्षमताको एकाटेरिङवर्ग रंगशालासम्ममा खेलहरु तय भएका छन् । कुनकुन रंगशालामा कसको खेल हुँदै छ, जानी राखौंः

१-एकाटेरिङवर्ग रंगशाला, एकाटेरिङवर्ग

  
एकाटेरिङवर्ग सहरमा रहेको एकाटेरिङवर्ग रंगशाला उरल पहाडको उचाइमा रहेको छ । सन् १९५३ मा बनेको रंगशाला एफी उरलको घरेलु मैदान हो । जहाँ ३५ हजार दर्शक क्षमता रहेको छ । यसको सन् २०१४ देखि २०१७ सम्म पुननिर्माण गरिएको थियो ।

यहाँ जुन १५ मा इजिप्ट र उरुग्वे, जुन २१ मा फ्रान्स र पेरु, जुन २४ मा जापान र सेनेगल साथै जुन २७ मा मेक्सिको र स्वीडेनबीच खेल हुनेछ ।

२-कालिनिङरड रंगशाला, कालिनिङरड

कालिनिङरड सहरको यो रंगशाला बाल्टिक समुन्द्री तटमा रहेको छ । यहाँ ३५ हजार दर्शक क्षमता रहेको छ । सन् २०१६ बाट यो रंगशालाको पुनर्निर्माण गरिएको हो ।

यहाँ जुन १६ मा क्रोयसिया र नाइजेरिया, जुन २२ मा सर्विया र स्वीट्जल्याण्ड, जुन २५ मा स्पेन र मोरक्को साथै जुन २८ मा इंग्ल्याण्ड र बेल्जियमबीच खेल हुनेछ ।

३- कजान रंगशाला, कजान

कजान टार्टस्थान राज्यको राजधानी हो । कजान रंगशाला वल्र्ड युनिभर्सिटी खेलका लागि सन् २०१३ मा निर्माण गरिएको हो । यो रुबिन कजान क्लबको घरेलु मैदान हो । जहाँ ४५ हजार दर्शक क्षमता रहेको छ ।

यहाँ जुन १६ मा फ्रान्स र अस्ट्रेलिया, जुन २० मा इरान र स्पेन, जुन २४ मा पोल्याण्ड र कोलम्बिया, जुन २७ मा दक्षिण कोरिया र जर्मनीबीच साथै जुन ३० मा हुने अन्तिम १६ को एक खेल र जुलाई ६ मा हुने एक क्वाटरफाइनल खेल हुनेछ ।

४- लुजान्की रंगशाला, मस्को

आयोजक रसिया र साउदी अरेबियाबीच उद्घाटन खेल हुने यो रंगशालामा ८० हजार दर्शक क्षमता रहेको छ । यहाँ विश्वकप फाइनल खेल पनि हुनेछ ।

१९५० को दशकमा निर्माण गरिएको यो रंगशाला सन् २०१३ बाट पुनर्निर्माण गरिएको हो । यहाँ १९८० को ओलम्पिक खेलहरु पनि भएका थिए ।

सिएसकेए र स्पार्टक क्लबले घरेलु मैदानको रुपमा प्रयोग गरेको यो रंगशाला अहिले रसियाको राष्ट्रिय टिमको मैदान हो ।

यहाँ जुन १४ मा रसिया र साउदी अरेबिया, जुन १७ मा जर्मनी र मेक्सिको, जुन २० मा पोर्चुगल र मोरक्को, जुन २६ मा डेनमार्क र फ्रान्सबीच साथै जुलाई १ मा अन्तिम १६ को एक खेल, जुलाई ११ मा एक सेमिफाइनल खेल र जुलाई १५ मा हुने फाइनल खेल हुनेछ ।

५- स्पार्तक रंगशाला, मस्को

स्पार्तक रंगशालामा ४५ हजार दर्शक क्षमता रहेको छ । यहाँ १९९२ मा मैदान र २०१० मा पुनर्निर्माण गरिएको हो । यसको रंगशालाका रुपमा औपचारिक उद्घाटन सन् २०१४ मा गरिएको हो ।

यहाँ जुन १६ मा अर्जेन्टिना र आइसल्याण्ड, जुन १९ मा पोल्याण्ड र सेनेगल, जुन २३ मा बेल्जियमर ट्युनिसिया, जुन २७ मा सर्विया र ब्राजिल साथै जुलाई ३ मा अन्तिम १६ को एक खेल हुनेछ ।

६- निज्नी नोवगोरोड रंगशाला, निज्नी नोवगोरोड

निज्नी नोवगोरोड सहरको भोल्गा नदी नजिकै रहेको यो रंगशालाको दर्शक क्षमता ४५ हजार रहेको छ । सन् २०१५ मा निर्माण थालिएको रंगशाला यही वर्ष तयार भएको हो । यो मैदान रसियन क्लब एफसी रोस्तोफको घरेलु मैदान हो ।

यहाँ जुन १८ मा स्वीडेन र दक्षिण कोरिया, जुन २१ मा अर्जेन्टिना र क्रोयसिया, जुन २४ मा इंग्ल्याण्ड र पानामा, जुन २७ मा स्वीट्जरल्याण्ड र कोस्टारिका साथै जुलाई १ मा हुने अन्तिम १६ को एक खेल र जुलाई ६ मा हुने क्वाटरफाइनलको एक खेल हुनेछ ।

७- रोस्तोभ रंगशाला, रोस्तोभ-अन -डन

रोस्तोभ सहरको यो रंगशालाको दर्शक क्षमता ४५ हजार रहेको छ । सन् २०१४ मा निर्माण सुरु गरिएको यो मैदानमा प्राकृतिक घाँस छ ।

यहाँ जुन १७ मा ब्राजिल र स्वीट्जल्याण्ड, जुन २० मा उरुग्वे र साउदी अरेबिया, जुन २३ मा दक्षिण कोरिया र मेक्सिको, जुन २६ मा आइसल्याण्ड र क्रोयसिया साथै जुलाई २ मा हुने अन्तिम १६ को एक खेल हुनेछ ।

८- सेन्ट पिटर्सवर्ग रंगशाला, सेन्ट पिटर्सवर्ग

लुजान्कीपछिको महत्वपूर्ण रंगशालाका रुपमा यसलाई हेरिएको छ ।

यहाँ ६७ हजार दर्शक क्षमता रहेको छ । यो मैदानमा गत वर्षको कन्फेडेरेसन कपको उद्घाटन र फाइनल खेल भएको थियो । यो सेन्ट जेन्ट पिटर्सवर्ग क्लबको घरेलु मैदान हो ।

यहाँ जुन १५ मा मोरक्को र इरान, जुन १९ मा रसिया र इजिप्ट, जुन २२ मा ब्राजिल र कोस्टारिका, जुन २६ मा नाइजेरिया र अर्जेन्टिना साथै जुलाई ३ मा हुने अन्तिम १६ को खेल, जुलाई १० मा हुने एक सेमिफाइनल खेल र तेस्रो स्थानका लागि जुलाई १४ को लागि हुने खेल हो ।

९-सामरा रंगशाला, सामरा

सामरा सहरको सामरा रंगशालामा ४५ हजार दर्शक क्षमता रहेको छ । यो सामरा राज्यको राजधानी पनि हो । दोस्रो विश्वयुद्धको दौरान यहाँ रुसी राज्यका कार्यालयहरु पनि थिए ।

यहाँ जुन १७ मा कोस्टारिका र सर्बिया, जुन २१ मा डेनमार्क र अस्ट्रेलिया, जुन २५ मा उरुग्वे र रसिया, जुन २८ मा सेनेगल र कोलम्बिया साथै जुलाई २ मा हुने अन्तिम १६ को एक खेल र जुलाई ७ मा हुने एक क्वाटरफाइनल खेल हुनेछ ।

१०-मोर्दोभिया रंगशाला, सारान्सक

सारान्सक सहरको यो रंगशालाको दर्शक क्षमता ४४ हजार रहेको छ ।

सन् २०१० मा निर्माण सुरु गरिएको रंगशालाको क्षमता वृद्धि गर्दै अप्रिल २०१८ मा सकिएको थियो । यो एफसी मोर्दोभियाको घरेलु मैदान पनि हो ।

यहाँ जुन १६ मा पेरु र डेनमार्क, जुन १९ मा कोलम्बिया र जापान, जुन २५ मा इरान र पोर्चुगल साथै जुन २८ मा पानामा र ट्युनिसियाबीच खेल हुनेछ ।

११-फिस्ट रंगशाला, सोची

सोची सहरमा अवस्थित फिस्ट रंगशालामा सन् २०१४ को विन्टर ओलम्पिक पनि भएको थियो ।

यसको दर्शक क्षमता ४८ हजार रहेको छ । यो मैदानलाई विश्वकप सकिएपछि रसिया राष्ट्रिय टिमको अभ्यास गर्ने मैदानको रुपमा प्रयोग गरिने छ ।

यहाँ जुन १५ मा पोर्चुगल र स्पेन, जुन १८ मा बेल्जियम र पानामा, जुन २३ मा जर्मनी र स्वीडेन, जुन २६ मा अस्ट्रेलिया र पेरु सार्थ जुन ३० मा हुने अन्तिम १६ को एक खेल र जुलाई ७ मा हुने एक क्वाटरफाइनल खेल हुनेछ ।

१२-भोल्गोगार्ड रंगशाला, भोल्गोगार्ड

भोल्गोगार्ड रंगशालाको दर्शक क्षमता ४५ हजार रहेको छ ।

सन् २०१५ मा निर्माण सुरु गरिएको रंगशालाको निर्माण यही वर्ष सकिएको थियो । विश्वकपपछि यो मैदान एफसी रुटरको घरेलु मैदानको रुपमा प्रयोग हुनेछ ।

यहाँ जुन १८ मा ट्युनिसिया र इंग्ल्याण्ड, जुन २२ मा नाइजेरिया र आइसल्याण्ड, जुन २५ मा साउदी अरेबिया र इजिप्ट साथै जुन २८ मा जापान र पोल्याण्डबीचको खेल हुनेछ । एभरेष्ट दैनिक बाट

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group