काठमाडौं, १८ जेठ । विगतमा भएको १ लिटरसम्म मदिरा विदेशबाट ल्याउन पाइने प्रावधान अब हटेको छ ।
सरकारले बजेटमार्फत व्यक्तिगत प्रयोजनका लागि विदेशबाट मदिरा ल्याउन नपाउने नियम लागू गरेको छ। पहिले भएको प्रावधानले मदिरा तस्करी बढेको भन्दै नँया नियम ल्याइएको हो।
भन्सार विभागका उपमहानिर्देशक नारायण सापकोटाका अनुसार बजेटसँगै आएको अर्थ बिधेयकले विदेशबाट मदिरा ल्याउन निषेध गरेको छ । कसैले ल्याएमा त्यो भन्सारले जफत गर्ने उनले बताए। जेठ १५ गतेदेखि नै सो नियम लागू भइसकेको छ।
मदिरा निषेध गरेपनि ६ केजीसम्म खानेकुरा ल्याउन पाइने प्रावधान भने यथावत् राखिएको छ।
प्रतिक्रिया दिनुहोस्