सल्लेरी, सोलुखुम्बु, १९ जेठ । दमकल अभ्यास गर्ने क्रममा घाइते हुनुभएकी नगर प्रहरी पशीमाया तामाङलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ ।
अभ्यास गर्ने क्रममा नगरपालिकाको दमकलमाथिबाट लडेर शुक्रबार घाइते हुनुभएकी तामाङलाई थप उपचारका लागि आज हेलिकप्टरबाट काठमाडौँ लगिएको हो ।
घाँटीको हड्डीमा समस्या देखिएपछि तामाङकोे वीर अस्पताल ट्रमा सेन्टरमा उपचार भइरहेको नगरपालिकाका लेखा अधिकृत योग्यप्रसाद राईले जानकारी दिनुभयो ।
जिल्लाको एकमात्र नगरपालिका सोलुदूधकुण्ड नगरपालिकामा अहिले ११ जना नगर प्रहरी छन् । नगर प्रहरी सहायक निरीक्षकको कामाण्डमा उनीहरुले काम गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्