ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दशैँअघि मेलम्ची पूरा हुने सम्भावना न्यून, उच्च अधिकारी बोलाएर भए पनि काम गर्न वाध्य पार्नेछौँ– सचिव बीसी


एबीसी न्यूज
२० जेष्ठ २०७५, आइतबार   ११ : २१   बजे


काठमाडौं, २० जेठ । निकै चर्चित मेलम्ची खानेपानी आयोजनाबारे सरकार र ठेकेदार कम्पनीबीच विवाद बढेसँगै दशैँअघि काठमाडौंमा मेलम्चीको पानी आउन सक्ने सम्भावना घटेको छ।

सम्झौतामा उल्लेख गरिएभन्दा बढी काम गरेको भन्दै ठेकेदार कम्पनीले डेढ अर्ब रूपैयाँभन्दा बढी थप रकम दावी गरेपछि दुवै पक्षबीच विवाद बढेको हो। सोही कारणले पछिल्लो समय झण्डै एक महिनाभन्दा लामो समयदेखि आयोजनाको काम प्रभावित भएको छ।

मेलम्ची खानेपानी आयोजनाको मुख्य भाग(रिभरम) भन्ने स्थानमा सम्झौता गरिएभन्दा बढी माटो खन्नुपरेपछि ठेक्काको जिम्मा लिएको इटालियन ठेकेदार कम्पनी सीएमसीले सम्झौतामा उल्लेख गरिएभन्दा बढी रकम दावी गरेको थियो।
मेलम्ची विकास समितिले भने उक्त कामलाई इन्जिनियरको हिसाब अनुसार २८ करोड रूपैयाँ मात्रै थपिदिएपछि ठेकेदार कम्पनी आश्वस्त नहुँदा काम प्रभावित हुँदै आएको छ।
विवाद सल्टाउन भन्दै (डिस्प्युट बोर्ड) मा पुगेको उक्त विषयको अन्तिम फैसला आगामी बुधवार हुने छ।

त्यसले आगामी दशैँअघि नै काठमाडौंमा खानेपानी आउन सक्नेमा आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले आशङ्का व्यक्त गरे।

उनले भने, हेड बक्स खन्दा सम्झौतामा ३२ हजार घनमिटर थियो। पछि डाँडा नै काट्नुपर्दा एकलाख घन मिटर माटो खन्नुपर्‍यो। त्यसका लागि ठेकेदार कम्पनीले डेढ अर्ब बढी मागेको छ। हामीले २८ करोड थपिदियौँ। त्यसमा कम्पनी अलमलिएको छ। त्यसले काम प्रभावित भएको हो।

सकियो मेलम्चीको सुरुङ काम
तर खानेपानी मन्त्रालयले भने रकम विवादबारे जस्तो निर्णय भए पनि त्यसले काम भने प्रभावित हुन नहुने भन्दै रोष प्रकट गरेको छ।
सरकारले ठेकेदार कम्पनी सीएमसीको इटालीस्थित उच्च व्यवस्थापनलाई पत्र लेखेरै निर्धारित समयमै काम पूरा गर्न निर्देशन दिएको जनाएको छ। खानेपानी मन्त्रालयका सचिव कृष्णराज बीसी का अनुसार ९० प्रतिशत काम भइसकेको छ। यो अवस्थामा काम रोक्न पाइँदैन। त्यसैले जसरी पनि काम गर्नुपर्छ। नत्र हामी उनीहरूको उच्च अधिकारी बोलाएर भए पनि काम गर्न वाध्य पार्नेछौँ।

उक्त आयोजना सकिन अब अन्तिम चरणको १० प्रतिशत काम मात्र बाँकी रहेको सरकारले जनाएको छ।
दुई दशकदेखि चर्चामा रहेको मेलम्ची खानेपानीको निर्माण आयोजना पटक पटक रोकिँदै आए पनि दुई महिनाअघि सुरूङ खन्ने काम पूरा भएसँगै काठमाडौंमा पानी आउने आशा बढेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group