काठमाडौ, २० जेठ । ३ नम्बर प्रदेशको स्थायी राजधानीको लागि चितवन पनि प्रस्ताव गरिएको छ । चितवनबाट प्रदेश सभामा निर्वाचित भएका सबै प्रदेश सभा सदस्यहरुले चितवनलाई प्रदेशको राजधानी बनाउनुपर्ने भन्दै आइतबार प्रदेश सभा सचिवालयमा दर्ता गराएका हुन् ।
प्रदेश सांसदहरुले प्रदेश सभामा राजधानीको लागि निरन्तर आवाज उठाएपछि ३ नम्बर प्रदेश सभा सदस्यहरुले स्थायी राजधानीको लागि प्रतिवेदन तयार गर्नका लागि १३ जना प्रदेश सदस्यहरुको विशेष समिति गठन गरिएको थियो । उक्त समितिमै रहेका २ जना सदस्यहरु समेतले चितवन राजधानीको लागि प्रस्ताव गरेका छन् ।
देशको मध्यभागमा रहेको र वातवरणिय हिसाबले पनि अनुकुल, भौतिक पुर्वाधार सहित सम्पुर्ण संरचना सम्पुर्ण भएको भन्दै प्रदेशको स्थायी राजधानी बनाउन चितवन जिल्लाका सबै प्रदेश सदस्यहरुले स्थायी राजधानीको लागि सहमती जनाई निवेदन दिएको चितवनका प्रदेश सदस्य कृष्ण खनालले बताएका हुन् ।
यस अघि नै स्थायी राजधानीको लागि काभ्रे,भक्तपुर र नुवाकोट पनि दर्ता भईसकेको छ ।
प्रतिक्रिया दिनुहोस्