डोल्पा, २० जेठ । यहाँको त्रिपुरा सुन्दरी नगरपालिका–१ मा पर्ने त्रिपुराकोटका स्थानीयलाई पुस्तौदेखि खोलाको दुषित पानी पिउनु पर्ने बाध्यता हटेको छ ।
पञ्चबर्षिय योजनाको रुपमा कामसुरु गरिएको बुराउँसे खोला खानेपानी आयोजनाको निर्माणकार्य सम्पन्न भएपछि त्रिपुराकोटका एकसय घर धुरीले पुस्तौ देखि दुसित पानी पिउनुपर्ने बाध्यताबाट छुट्करा पाएका हुन् ।
“सयौँबर्ष अघि देखि सिधै खोलाको पानी पिउनुपर्ने बाध्यता थियो,अहिले नौ हजार मिटर टाढा बुराउँसे खोलाको स्वच्छ खानेपानी वडा नं १ का सबै घरमा आपुर्तीहुन्छ”त्रिपुरासुन्दरी १ का स्थानीय दिलिप गिरीले भन्नुभयो ।
“यो भन्दा अगाडी खोलाबाट आएको बालुवायुक्त पानी पिउनुपर्ने बाध्यता थियो,दुषित पानी प्रयोग गरेकै कारण गाँउमा टाईफाईड,झाडापखाला,रुघाखोकी,आँउका बिरामि धेरै हुन्थे” स्थानीय गिरीले भन्नुभयो ।
“बर्षातको समयमा खोलाबाट फोहोर पानी आउँदा ठुलो समस्या हुन्थ्यो,सफा पानीको खोजीमा घण्टौ लगाएर मुलको खोजीगर्दै बनतिर जानुपर्ने बाध्यता थियो,धेरैजसो सर्वसाधारण त्यही दुषित पानी प्रयोग गर्थे,अहिले घरमै चौबिसै घण्टा स्वच्छ पानी आउँछ,नियमित सरसफाई गर्न पनि सजलो भएको छ”त्रिपुराकोट गल्लीका स्थानीय भैरम शाहीले भन्नुभयो ।
”अहिले गल्लीबासीलाई पनि आधाघण्टा लगाएर गाग्रीमा पानी बोकेर ल्याउनुपर्ने बाध्यता छैन,स्वच्छ खानेपानीको सहज आपुर्ती भएकाले ट्वाईलेट प्रयोगमा पनि सजिलो भएको छ” शाहीले भन्नुभयो ।
बैशाख १ गते देखि त्रिपुराकोटका एकसय घरमा स्वच्छ खानेपानी आपुर्तीहुने गर्दछ ।बुराउँसे खोला खानीपानी आयोजना श्रमदान र अनुदान गरेर साठीलाख रकममा निर्माणकार्य सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष पुरी प्रसाद हमालले बताउनुभयो ।
“अहिले त्रिपुराकोटका एकसय घरमा एक घर एक धारा छ,नौ हजार मिटर टाढाबाट बिच बिचमा कडा चट्टानहरु कटानगर्दै पाईपलाईन बिस्तारगर्नु कम चुनौति थिएन्”हमालले भन्नुभयो ।
निर्माण समितिको कडा मिहेनतबाट त्रिपुराकोटबासीको पुस्तौदेखिको दुषितपानी पिउनुपर्ने बाध्यताबाट छुट्करा पाउनुका साथै जिल्लामै नमुना योजनाको रुपमा काम सम्पन्न गर्न सफल भएको अध्यक्ष हमालले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्