काठमाडौ, २० जेठ । जेठ २६ र २७ गते हुन लागेको कोरियन भाषा परीक्षाका लागि परिक्षा केन्द्र तोकिएको छ । वैदेशिक रोजगार इपिएस कोरिया शाखाले परीक्षाका लागि काठमाडौं, ललितपुर र पोखरामा २८ वटा केन्द्र तोकेको छ। परीक्षा दुई सिफ्टमा सञ्चालन हुनेछ।
पहिलो सिफ्ट अन्तर्गत गत बिहान ८ बजेदेखि १० सम्म र दोस्रो १२ देखि ४ बजेसम्म सञ्चालन हुने शाखाले गरेको विज्ञापनमा उल्लेख गरिएको छ।
कोरियन भाषा परीक्षाका लागि करिब ८० हजार युवाले आवेदन दिएका छन्। कोरिया नेपालका लागि उद्योग र कृषिमा गरी १० हजार ५ सय कामदारको कोटा छुटाइसकेको छ । १८ बर्षदेखि ३९ बर्ष उमेर नकाटेका युवा परिक्षामा सामेल हुनसक्ने प्रावधान छ ।
परिक्षा केन्द्र-
प्रतिक्रिया दिनुहोस्