ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनआकांक्षा पूरा गर्न पार्टी एकताः अध्यक्ष प्रचण्ड


एबीसी न्यूज
२१ जेष्ठ २०७५, सोमबार   ७ : २१   बजे

पोखरा, २१ जेठ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको समृद्धि र विकासको आकांक्षा पूरा गर्न पार्टी एकता भएको बताउनुभएको छ ।

अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको आइतबार कास्कीको घान्द्रुकमा आयोजित समापन समारोहमा उहाँले राजनीतिक क्रान्तिमा सात दशक बितेको बताउँदै अबको समय विकास र समृद्धिका लागि भएको उल्लेख गर्नुभयो ।

निर्वाचन अघि पार्टी एकता गर्ने उद्घोष गरिएकामा त्यसलाई कार्यान्वयनमा ल्याइसकिएको बताउँदै उहाँले आगामी दिन विकास र समृद्धिका लागि लगाइने बताउनुभयो ।

अन्नपूर्ण क्षेत्र पर्यटकीय रुपमा विश्वव्यापी नै चर्चा कमाएको क्षेत्र भएको बताउँदै उहाँले पछिल्लो समयमा आन्तरिक पर्यटकको वृद्धि पनि उत्साहजनक रुपमा अघि बढेको उल्लेख गर्नुभयो ।

अन्नपूर्ण आधार शिविरतर्फ जाने पदमार्गको स्तरोन्नति, होटेलको संख्या विस्तार, स्वामित्व ग्रहणलगायत विषयमा विद्यमान समस्यालाई सम्बन्धित मन्त्रालयमार्फत समाधानका लागि पहल गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

देशको विकास अब नयाँगतिका साथ अघि बढ्ने धारणा राख्दै प्रचण्डले आगामी एक दशकमा विकासले फड्को मार्ने गरी काम अघि बढाइने बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकामा खानेपानी परियोजना परेको बताउँदै उहाँले फेवातालदेखि बाटो निर्माण, पोलिटेक्निकल इन्टिच्युट स्थापना जस्ता विषय अघि बढ्ने उल्लेख गर्नुभयो ।

युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्माले मुलुक र जनताको समृद्धिका लागि खेल पर्यटनको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

मुलुकले खेल क्षेत्रमा लगानी बढाउन अपरिहार्य भएको बताउँदै उहाँले खेलकूदलाई व्यावसायिक रुपमा विकास गर्ने सरकारको तयारी रहेकामा जोड दिनुभयो । प्रदेशसभा सदस्य राजिव पहारीले अन्नपूर्ण पदयात्रासँग फेवाताललाई जोडेर पर्यटन प्रवद्र्धनमा जोड दिइनुपर्ने बताउनुभयो ।

पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले साहासिक खेललाई व्यावसायिक र अन्तर्राष्ट्रियकरण गरिनु जरुरी रहेको उल्लेख गर्दै अन्नपूर्ण पदमार्गमा आवश्यक पूर्वाधार विकासलाई बोर्डले सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा महोत्सव संयोजक ललित गुरुङ, युवा तथा खेलकूद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, अर्थ मन्त्रालयका सहसचिव झलकराम अधिकारी, शिक्षा मन्त्रालयका उपसचिव विष्णु अधिकारी, अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवर, म्याराथन संयोजक किसान गुरुङलगायतले अन्नपूर्ण क्षेत्रको प्रवद्र्धन र विकासमा महोत्सव महत्वपूर्ण हुने धारणा राख्नुभयो ।

सो अवसरमा अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवका क्रममा सञ्चालित अन्नपूर्ण म्याराथन, महिला तथा पुरुष भलिबल प्रतियोगिता, बास्केटबल प्रतियोगिताका विजेता खेलाडीलाई नगद पुरस्कारसहित पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group