ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश सरकारले के-के गर्न मिल्छ प्रष्ट भनिदिनुहोस् : मुुख्यमन्त्री गुरुङ


admin
२१ जेष्ठ २०७५, सोमबार   २ : ३२   बजे

पोखरा, २१ जेठ । प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारको आगामी बजेट लोकप्रियताका लागि नभई उत्पादनमुखी हुने बताउनुभएको छ ।

प्रदेश नं ४ भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आज पोखरामा आयोजित नविकरणीय ऊर्जासम्बन्धी अन्तक्र्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले प्रदेश सरकारले उत्पादन र उत्पादकत्व वृद्धिका साथै दिगो विकासमा आधारित योजनालाई लक्ष्य गरी बजेट ल्याउन लागेको बताउनुभयो ।

पर्यटन, ऊर्जा, कृषिको आधुनिकीकरणजस्ता कार्यक्रमलाई प्राथमिकताका आधारमा प्रदेश सरकारले अघि बढाउने उहाँले बताउनुभयो । ऊर्जाको विकासलाई सरकारले महत्वका साथ अघि बढाउने धारणा राख्दै उहाँले यहाँका उद्योगलाई २४ घण्टा विद्युत् उपलब्ध गराउने लक्ष्य रहेको बताउनुभयो ।

प्रदेश सरकारले यहाँको आवश्यकताअनुरुप विकास निर्माणका साथै ऊर्जा विकासमा लगानीको प्रत्याभूति गर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा उँहाले संघीय सरकारमा संघीय मानसिकता नै नदेखिएको आरोप पनि लगाउनुभयो ।

संघीय सरकारलाई शुरु देखिनै स्रोत, साधन र बजेटको बाँडफाँट गर्नका लागि आग्रह गर्दा बजेटमा सबै कुरा आउँछ भनेको तर बजेटमा त्यसको सम्बोधन नभएको मुख्यमन्त्री गुरुङले बताउनुभयो ।

‘संघीय सरकारमा संघीय मानसिकता नै देखिएन, संघीयता भनेको स्रोतको बाँडफाँट पनि त होला नि, साधन र अधिकारको बाँडफाँट पनि त होला नि, अनि बजेटको पनि बाँडफाँट होला नि ! तर त्यस्तो भएको छैन’ उँहाले भन्नुभयो । गुरुङले प्रदेश सरकारले के के गर्न मिल्छ त्यो प्रष्ट भनिदिनुपर्ने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group