ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सट्टेबाजी धन्दामा पक्राउ परेका पुर्व-फुटबलर केसीले यस्तो दिए बयान..


admin
२१ जेष्ठ २०७५, सोमबार   ४ : ०७   बजे

काठमाडौ, २१ जेठ । अन्र्तराष्ट्रिय फुटबल तथा क्रिकेट प्रतियोगितामा अनलाईनबाट बेटिङ गरेको आरोपमा पक्राउ परेका पुर्व फुटबलर अन्जन केसीले आफुले अर्का प्रतिवादी भुपेन्द्र कुँवरसंग मात्र खेलेको र अन्यसंग चिनजान नभएको बयान दिएका छन् ।

‘विषेशत विभिन्‍न स्थानमा भई रहेका खेलहरुमा हुने हारजितलाई विषयवस्तु बनाई आ-आफ्नो समर्थक टिमहरुको पक्षबाट मेरो टिमले हारे यति दिने र जिते यति लिने भनी अनलाईन,भाईबर,म्यासेन्जर,फेसबुक,म्यासेज लगायतका सामाजिक सन्जालको माध्यमबाट रकम लेखि म्यासेज आदानप्रदान गरी यो खेल खेल्न सकिन्छ,’ बयानमा अन्जनले भनेका छन, ‘दुई जना बिच वा एकै व्‍यक्तिले धेरै मानिससँग एकैपटक खेल्न पनि सकिन्छ। सुरुमा म्यासेजमा लिने दिने रकम उल्लेख गरिन्छ,हारजित भएपछि भेटघाट गरी लिने दिने गरिन्छ।’

केसीले भर्खरै सम्पन्न आईपिएलमा कुँवरसँग म्यासेन्जरमार्फत खेलेको र करिब ५० हजार रुपैयाँ हारेको बताएका छन्। ‘मेरो आईफोनहरुबाट खेल्ने गरेको थिएँ, मेरो मेघा बैंकमा खाता छ, रकम मौज्दात छैन। अन्य सम्पती छैन।’

उनले बयानमा आफु सट्टेबाजको खेलाडी मात्र भएको दाबी गरेका छन्। केसी म्याच फिक्सिङ प्रकरणमा विश्व फुटबल महासंघ-फिफाबाट प्रतिबन्धित छन्। म्याच फिक्सिङबारे उनीमाथीको मुद्धा अदालतमा विचाराधीन छ।

बेटिङ आरोपमा भने प्रहरीले काभ्रेका ३८ वर्षीय भुपेन्द्र शमसेर कुँवर,ललितपुरका ३५ वर्षीय केसी, काठमाडौंका २७ वर्षीय गौरव तिवारी र नुवाकोटका २७ वर्षीय दिनेश बोगटीसहित ६ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार तिवारी मुख्य अभियुक्त हुन्। उनले विभिन्न एजेन्टमार्फत ग्राहक खोजेर अन्तर्राष्ट्रिय प्रतियोगिताका खेलमा सट्टेबाजी गराउने गरेको प्रहरीको आरोप थियो। प्रहरीले १० लाख चार हजार बिगो दाबी गर्दै सरकारी वकिलमार्फत अदालतमा मुद्दा पेश गरिसकेको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group