ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विकास पत्रकारीता अहिलेको आवश्यकता


एबीसी न्यूज
२२ जेष्ठ २०७५, मंगलबार   १० : ०५   बजे


काठमाडौं २२ जेठ । विकास क्षेत्रमा कलम चलाउने पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न विकास पत्रकार मञ्च (फोडेज) नेपालले इन्टरनेशनल कल्चरल अफेयर्स (आईसिए) को सहकार्यमा एक दिने कार्यशाला सञ्चालन गरेको छ ।

राजधानीमा सोमबार भएको एक दिने कार्यशालामा समय व्यवस्थापनदेखि विषयवस्तुको प्रस्तुतिसम्मका विषय समेटिएका थिए । आईसिएका अध्यक्ष प्राध्यापक डा. तत्वप्रसाद तिमिल्सिनाले सञ्चारकर्मीलाई समय व्यवस्थापन चुनौति भएको भन्दै आफ्नो क्षेत्रमा अघि बढ्न, योजना पूरा गर्न र कामलाई निरन्तरता दिन समयको अहं भूमिका हुने बताउनुभयो ।

एडवार्ड डेमिङले भनेजस्तै व्यक्तिगत रुपान्तरणविना केही कुरा सम्भव हुँदैन भन्दै उहाँले भन्नुभयोे, ‘व्यक्ति होस् वा संस्था, सफल हुनका लागि भिजन र एक्सनसहितको स्ट्राटेजिक प्लान नबनाएसम्म कठिन छ ।’ उहाँले विकास पत्रकारीता अहिलेको आवश्यकता भएको पनि बताउनुभयो ।

प्रशिक्षक हरेराम भट्टराईले विकास पत्रकारिताका समाचार विगतको तुलनामा धेरै आउन थालेको तर अझै गहिराईमा नआएको बताउनुभयो । उहाँले, भन्नुभयो, ‘समाचारमा तथ्य, अनुसन्धान र उदाहरणले पुष्टि दिन सके गरिमा बढ्नेछ, पाठकका लागि त्यो पत्रकार ब्राण्ड बन्न सक्नेछ । ’


त्यसैगरि कार्यक्रममा फोडेजका अध्यक्ष गोपीकृष्ण ढुंगानाले विकास पत्रकारिताको उद्देश्य प्राप्तिका लागि विगतको अनुभवसँग क्षमता अभिवृद्धिका लागि गरिएका सबै प्रयासलाई घुलमिल गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
मञ्चका सचिव चन्द्रमणि भट्टराईले पत्रकारको आन्तरिक सञ्चार, अनुभव एवं सूचना आदान प्रदान, स्थलगत भ्रमण अवलोकनबाट पत्रकारको क्षमता विकास गर्ने र यसबाट पत्रकारको वुझाइमा एक रुपता ल्याउने काममा फोडेज लागिरहेको बताउनुभयो ।

त्यसैगरि फोडेजकी सदस्य सन्तोषी अधिकारीले मानव जीवनमा गुणात्मक परिवर्तन ल्याउन सक्नु नै विकास पत्रकारिताको उदेश्य भएकाले परम्परागत पत्रकारिताले नभइ प्रविधिजन्य, समय सुहाउँदो पत्रकारिताले नै समयको मागअनुरूप विकास गर्न सक्ने बताउनुभयो । कार्यशाला गोष्ठिमा टेलिभिजन, अखबार, अनलाइन र एफएमका सञ्चारकर्मी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group