ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारी अस्पताल परिसरमा निजी फार्मेसी सञ्चालन गर्न नदिन परमादेश जारी


एबीसी न्यूज
२३ जेष्ठ २०७५, बुधबार   १२ : ५०   बजे

काठमाडौं, २३ जेठ ।  सर्वोच्च अदालतले सरकारी अस्पताल परिसरमा निजी फार्मेसी सञ्चालन गर्न नदिन परमादेश जारी गरेको छ । सरकारी अस्पताल आफैंले फार्मेसी सञ्चालन गर्न सर्वोच्चको आदेशमा उल्लेख छ ।

निःशुल्क गरिएका औषधि आपूर्ति गर्न र तोकिएका अस्पतालबाट निःशुल्क वितरण गर्ने व्यवस्था गर्न सर्वोच्चले सरकारलाई आदेश दिएको छ ।

वीर अस्पतालले २०७२ सालमा फार्मेसी खोल्न सटर भाडामा दिन बोलपत्र आह्वान गरेको थियो । अस्पताल परिसरमा निजी फार्मेसी खोल्न दिने निर्णय र उक्त बोलपत्र आह्वानको सूचना बदर गर्न माग गर्दै उपभोक्ता हित संरक्षण मञ्चका विष्णुप्रसाद तिमिल्सिनाले सर्वोच्चमा रिट दिएका थिए ।

वीर अस्पताल परिसरमा निजी फार्मेसी सञ्चालन गर्न दिने निर्णय बदर गर्दै न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र तेजबहादुर केसीको इजलासले सरकारी अस्पताल परिसरमा आफैंले फार्मेसी सञ्चालन गर्न परमादेश जारी गरेको हो ।

‘आफ्नो परिसरभित्र रहेका सटरहरू निजी औषधि पसल सञ्चालन गर्नका लागि भाडामा दिने कार्यलाई कानून बमोजिमको कार्य मान्न सकिएन,’ फैसलामा भनिएको छ, ‘विपक्षी वीर अस्पतालले १ देखि १४ नम्बर सटर भाडामा दिनेसम्बन्धी २०७२ जेठ २७ गतेको गोरखापत्रमा प्रकाशन गरेको बोलपत्र सूचना, आएका आवेदनहरू तथा सो उपर भएका आदेश तथा सम्पूर्ण काम कारवाहीहरू उत्प्रेषणको आदेशद्वार बदर गरिदिएको छ ।’

अस्पतालले आफैं फार्मेसी सञ्चालन गर्नु भनि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्थाहरूमा परिपत्र जारी गरिसकेको थियो । यस्तो अवस्थामा पनि वीर अस्पतालले निजी फार्मेसीलाई सटर भाडामा दिने निर्णय गर्नु कानून विपरीत रहेको अदालतको ठहर हो ।

सरकारले तोकेको मापदण्ड अनुसारको आफ्नै फार्मेसी खोल्न सर्वोच्चले वीर अस्पतालका नाममा पनि परमादेश जारी गरेको छ ।

देशभरिको अस्पतालले आफैं फार्मेसी सञ्चालन गरेर सेवा दिएका छन् कि छैनन् भन्ने अनुगमन र मूल्याङ्कनको व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयका नाममा आदेश जारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रविको निर्देशन– पुराना दलहरूसँग ३५ वर्षको हिसाब माग्ने काम बन्द गर्नू

दुःखमा साथ दिने गाउँ : मृत्यु संस्कारमा जुट्छ सिंगो समुदाय

सम्बन्धित

सप्तरीमा सौतासँगको झगडामा २ वर्षीया बालिकाको हत्या

जापानिज इन्सेफलाइटिसबाट २१ जनाको मृत्यु, ८० जनामा संक्रमण पुष्टि

स्मार्टफोन महँगिँदा आयातको मूल्य बढ्यो, संख्या घट्यो

जेनजी आन्दोलनमा लुटिएको ‘सट गन’सहित दमकबाट युवक पक्राउ

सिभिल अस्पतालमा १० वर्षमा २२३ जनाको सफल बोनम्यारो प्रत्यारोपण

एनआरएनएको सञ्जाल १०० भन्दा बढी देशमा विस्तार गर्ने योजना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu