ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले गर्यो १० राजदूतलाइ फिर्ता बोलाउने तयारी ( नामसहित )


एबीसी न्यूज
२३ जेष्ठ २०७५, बुधबार   २ : ०१   बजे


काठमाडौँ, २३ जेठ । सरकारले झण्डै एक दर्जन राजदूतहरुलाई फिर्ता बोलाउने भएको छ ।
कार्यदक्षतामा समस्या देखिएको भन्दै सरकारले १० वटा देशबाट राजदूत फिर्ता लिन लागेको हो । फिर्ता गर्न लागिएकोमा अधिकांश काँग्रेस, राप्रपा र तत्कालिन फोरम लोकतान्त्रिकबाट राजदूत भएकाहरु छन् ।

राजदूत फिर्ता बोलाउन लागिएकोमा कांग्रेसबाट राजदूत बनेका ६ जना छन् । जसमध्ये दक्षिण कोरियाका अर्जुनजंगबहादुर सिंह , म्यानमारका भीम उदास, बंगलादेश चोपलाल भुसाल, श्रीलंकाका विश्वम्भर प्याकुरेल, कतारका रमेशप्रसाद कोइराला कतार र यूएईकी आशा लामा रहेकी छिन् ।

यसैगरी, राप्रपाको कोटामा राजदूत बनेकी जापानकी राजदूत प्रतिभा राणा, स्पेनका भरत रायमाझी र इजरायलका निरन्जन थापालाई पनि फिर्ता बोलाइने भएको छ । राणा काँग्रेस सभापति शेरबहादुर देउवाकी सासु हुन् । रायमाझी नेपाली सेनाका पूर्व सहायक रथी हुन् भने थापा पूर्व गृहराज्यमन्त्री हुन् ।
यस्तै, तत्कालिन फोरम लोकतान्त्रिकको कोटामा राजदूत बनेकी ओमानकी राजदूत शर्मिला पराजुलीलाई पनि फिर्ता बोलाइने भएको छ । फोरम लोकतान्त्रिक अहिले काँग्रेसमा विलय भइसकेको छ ।

तत्कालिन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका बेला काँग्रेस र राप्रपाबाट नियुक्त भएकाहरुलाई तत्कालै फिर्ता बोलाउन लागिएको स्रोतले बतायो । उनीहरुलाई फिर्ता बोलाएर योग्य व्यक्तिहरुलाई राजदूतमा नियुक्ति गर्ने तयारी गरकेो सरकारको दाबी छ । परराष्ट्र मन्त्रालयले राजदूत नियुक्तिका लागि डेढ महिनादेखि नयाँ मापदण्डको गृहकार्य गरिरहेको छ ।

भारत, मलेसिया र संयुक्त अरब इमिरेट्स -यूएई- मा अहिले राजदूत रिक्त छ । न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगमा स्थायी प्रतिनिधिको अवधि पूरा भइसकेको छ। रिक्त स्थानमा पनि आगामी केही सातामै राजदूत नियुक्त हुनेछन् ।
यसैगरी, सरकारले विदेशमा रहेका नेपाली नियोगहरु हेरफेर गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रविको निर्देशन– पुराना दलहरूसँग ३५ वर्षको हिसाब माग्ने काम बन्द गर्नू

दुःखमा साथ दिने गाउँ : मृत्यु संस्कारमा जुट्छ सिंगो समुदाय

सम्बन्धित

सप्तरीमा सौतासँगको झगडामा २ वर्षीया बालिकाको हत्या

जापानिज इन्सेफलाइटिसबाट २१ जनाको मृत्यु, ८० जनामा संक्रमण पुष्टि

स्मार्टफोन महँगिँदा आयातको मूल्य बढ्यो, संख्या घट्यो

जेनजी आन्दोलनमा लुटिएको ‘सट गन’सहित दमकबाट युवक पक्राउ

सिभिल अस्पतालमा १० वर्षमा २२३ जनाको सफल बोनम्यारो प्रत्यारोपण

एनआरएनएको सञ्जाल १०० भन्दा बढी देशमा विस्तार गर्ने योजना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu