ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिद्धार्थ राजमार्गलाई सुरक्षित बनाउन विकल्पको खोजी गरिने – मन्त्री महासेठ


एबीसी न्यूज
२३ जेष्ठ २०७५, बुधबार   ३ : ०५   बजे

 पाल्पा, २३ जेष्ठ । भौतिक योजना पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठ सहितको टोलीले सिद्धार्थ राजमार्गको सिद्धवावाको पहिरो ग्रस्त क्षेत्रको स्थलगत अवलोकन गरेको छ । ढुङ्गा र पहिरो खसेर मानविय र भौतिक क्षति हुने क्षेत्रको स्थलगत अवलोकन पश्चात भौतिक पूर्वाधार तथा यातायात मन्त्री रधुविर महासेठले राजमार्गलाई सुरक्षित बनाउने विकल्पको खोजी गरिने बताउनु भएको हो । मन्त्री महासेठले सरकारले सुरक्षित राजमार्ग बनाउने विषयमा संवेदनशिल भएर काम अगाडी बढाउने प्रतिबद्धता दिनुभयो ।

वैकल्पिक राजमार्ग निर्माण गरेर पहाड सबै स्टेप मिलाए कटान गर्ने, सुरुङ्ग मार्ग निर्माण गर्ने, सेमि टनेल बनाउने, तिनाउ खोला ३ किलोमिटर बेलिब्रिज बनाउने र मुख्य पहिरो खस्ने तिनाउ तारेर बाटो पारिको पहाडबाट लैजाने जस्ता विकल्पको चर्चामा रहेका छन् । मन्त्री महासेठले काम अगाडी बढाउने भनेपनि यही प्रविधिको प्रयोग गरिने भन्नेमा स्पष्ट बताउन सकेनन् भने प्रक्रिया अगाडी बढाउने मन्त्री भनाई आएपनि सडक विभाग भने के गर्नेमा अलमलमै देखिएको छ ।

प्रदेश नं. ५ र ४ का जिल्लाको मेरुदण्ड सिद्धार्थ राजमार्गलाई खतरामुक्त बनाउने मन्त्री र संसादहरुले भाषण गरेपनि सडक विभागले कुन प्रविधि प्रयोग गर्ने भन्ने बारेमा अध्यन नगरेकाले काम अगाडी बढेको छैन । सुरुङ्गमार्ग सम्बन्धी अध्यायन गर्ने प्राविधिक जनशक्ति सडक विभागमा नभएकाले बजेट भाषणमा सिद्धार्थ राजमार्गको नाम परेपनि सडक निर्माणले गति लिन सकेको छैन । सडक विभागका महानिर्देशक रविन्द्र नाथ श्रेष्ठले भु–वनोट चलाएमान भएकाले गहिरो अध्यन गरी बलियो प्रविधिको प्रयोग गर्नुपर्ने बताउनु भयो । हचुवाको भरमा बजेट विनियोजन गरेर काम थाल्नु खर्चमात्रै समेत हुन सक्ने भएकाले विदेशबाट सक्षम जनशक्ति ल्याए अध्ययान गरिने बताउनु भयो ।


सिद्धार्थ राजमार्गको करिब ३ किलोमिटर क्षेत्रमा १२ महिना पहिरो र ढुङ्गा खसेर धेरैको अकालमा ज्यान गएको छ । २०७२ सालमा खसेको ढुङ्गलाई रोक्नलाई पहाडमा नै ओमेघा नेट प्रविधि ताराजाली बिछ्याउने बजेट खर्च भएपनि त्यो प्रविधि असफल भएको छ । जारजाली राख्न प्रयोग भएको रकम बालुवामा पानी जस्तो भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group