ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णाली प्रदेशमा ‘हेलो मुख्यमन्त्री’ हटलाइन सेवा शुभारम्भ


admin
२४ जेष्ठ २०७५, बिहिबार   ३ : ३२   बजे

सुर्खेत, २४ जेठ । कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आजबाट हेलो मुख्यमन्त्री हटलाइन सेवा शुभारम्भ गरेको छ ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नरहरिनाथ गाउँपालिका कालीकोटका प्रेम सार्की र रुकुम पश्चिम मुसिकोट नगरपालिकका दीपक बाँठा मगरका प्रतिक्रिया लिएर हटलाइन सेवाको उद्घाटन गर्नुभयो ।

हेलो कार्यक्रममा सार्कीले आफ्नी आमाको हत्यारालाई कारवाहीको माग राख्नुभएको थियो भने बाँठामगरले त्रिभुवन जनता माविको भवन निर्माण र खानेपानी आयोजना निर्माणमा भइरहेको ढिलाइका सम्बन्धमा गुनासो राख्नुभएको थियो ।

मुख्यमन्त्री शाहीले दुवैजनाले उठाएको समस्या समाधानका लागि सूचीबद्ध गर्नुका साथै सम्बन्धित निकायलाई समाधानका लागि निर्देशन गर्ने बताउनुभयो ।

जनताका समस्या मुख्यमन्त्रीले प्रत्यक्ष सुनेर तिनको सहज सम्बोधन भएको जनतालाई प्रत्याभूति गराउने उद्देश्यले हटलाइन सेवा शुभारम्भ गरिएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो । हटलाइन सेवाको शुभारम्भ गर्दै मुख्यमन्त्री शाहीले भन्नुभयो, “समग्र योजना विकास निर्माण नेतृत्वले मात्र गर्दा मनोगत हुन्छ, जनताको समस्या समाधानसहितको वस्तुगत योजना विकासमा सहयोग पुगोस् भनेर हटलाइन सेवा शुरु गरिएको हो ।”

उहाँले मुख्यमन्त्री हटलाइन सेवा (१०९६) सँगै कर्णाली प्रदेश सरकारको आधिकारिक वेबसाइट www.ocmcm.karnali.gov.np को उद्घाटन गर्नुभयो । वेबसाइटले प्रदेश सरकारद्वारा भए गरेका गतिविधि जनतालाई सजिलै सूचित गर्ने उहाँको भनाइ थियो ।

डिजिटल प्रदेश निर्माण गर्ने अवधारणा लिएको यो प्रदेश सरकारको वेबसाइट निर्माण तथा विकासले विस्तारै यहाँका सरकारी कार्यालयका सबै कामकाज प्रविधिबाटै गर्न सघाउ पुग्ने भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री एवं सरकारका प्रवक्ता विमला केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group