काठमाडौं, २४ जेठ । सर्वोच्च अदालतले प्रधानन्यायाधीश नियुक्त गर्न माग गर्दै दायर भएको रिट खारेज गर्ने फैसला गरेको छ ।
प्रधानन्यायाधीश सिफारिस गर्ने अधिकार संवैधानिक परिषद्को भएकाले अदालतबाट आदेश जारी गर्न नमिल्ने भन्दै बिहीबार न्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलाशले रिट खारेजको फैसला सुनएको हो ।
अधिवक्ता सन्तोष भण्डारी र लक्ष्मीप्रसाद पोखरेलले जेठ २ र १६ गते अलगअलग निवेदन सर्वोच्चमा दर्ता गराएका थिए।
सर्वोच्चको नेतृत्व जस्तो संवेदनशील पद रिक्त रहँदा संवैधानिक परिषद् बैठक नबसी संवैधानिक दायित्व पूरा नगरेको कारण देखाउँदै रिटमा अन्तरिम आदेश माग गरिएको थियो।
तर, न्याय परिषद्ले योग्यता पुगेका व्यक्तिहरुको सूची पठाएको र संवैधानिक परिषद्ले उचित निर्णय गर्ने भएकाले थप आदेश जारी गरी कार्यपालिकाको अधिकार क्षेत्रभित्र पर्ने कुरामा न्यायिक हस्तक्षेप आवश्यक नभएको तर्क गर्दै रिट खारेजको फैसला गरेको हो।
प्रतिक्रिया दिनुहोस्