काठमाडौं, २४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ को प्रदेशसभा बैठकलाई जेठ २६ गते सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्रीले प्रदेश संसदको जारी बजेट अधिवेशनलाई शनिवार सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।
प्रधानमन्त्री आउने भएपछि बैठकलाई व्यवस्थित गर्न र सहभागी हुन सक्ने अतिथि बस्ने व्यवस्था मिलाउन संसद सचिवालयले तयारी थालेको जनाएको छ ।
प्रदेश सभाको बैठक आगामी शुक्रवार बस्दैछ । यसअघि पूर्वबजेट छलफल गर्न तीन दिन बैठक चलेको थियो । प्रधानमन्त्री ओलीेले शनिबारको बैठकलाई सम्बोधन गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्