काठमाडौं, २४ जेठ । गृह मन्त्रालयले नेपाल प्रहरीमा ५ र सशस्त्रमा ३ एआईजीको दरबन्दी प्रस्ताव गरेको छ । एआईजी दरबन्दी प्रस्तावमा गृहमन्त्री रामबहादुर थापा बादलले बिहीबार हस्तारक्षर गरेका छन्।
सो मस्यौदालाई निर्णयका लागि मन्त्रीपरिषदमा लगिनेछ ।
हाल सशस्त्र प्रहरीमा ८ जना बहालवाला एआर्इजी छन् । पछिल्लो समय नेपाल प्रहरी र सशस्त्रमा एआईजीको संख्या क्रमश: १७ र ११ सम्म पुगेको थियो।
नेपाल प्रहरीमा ५ एअाइजी मात्र राख्ने निर्णय भएसंगै अब प्रदेश प्रहरीको नेतृत्व एआईजीले गर्ने छैनन्। मन्त्रिपरिषद्ले दरबन्दीसम्बन्धी निर्णय गरेपछि एअाईजी बढुवाकाे बाटाे खुल्नेछ।
सशस्त्रमा बढुवा भएका ११ एअाईजीकाे अवस्था के हुने भन्ने विषयमा बिहीबार केही निर्णय भएकाे छैन।
प्रतिक्रिया दिनुहोस्