काठमाडौं, २५ जेठ । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुख्य लगानी एमके भनिने मोहनकुमार अग्रवालको अनामनगरस्थित घरमा प्रहरीले छापा मारेको छ ।
प्रहरीले यो प्रकरणको अनुसन्धान थाले लगत्तै अग्रवाल घरमा ताला लगाएर फरार भएका थिए ।
शुक्रबार प्रकरणको अनुसन्धान गर्न गठिन विशेष अनुसन्धान समितिले उनको घरमा छापा मारेर केही महत्वपूर्ण कागजातहरु बरामद गरेको दाबी गरेको छ । अग्रवाल भारतमा लुकेर बसेको आशंका गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्