भक्तपुर , २७ जेठ । भक्तपुर नगरपालिका १० कमलविनायकमा छुरा प्रहार गरेर बाबुले छोराको हत्या गरेका छन् ।
भक्तपुरको चाँगुनारायण नगरपालिका ५ खरिपाटी स्थायी घर भई हाल कमलबिनायक बस्दै आएका ३५ वर्षीय पलमान गिरीले १२ वर्षका छोरा प्रतिकको हत्या गरेका हुन् । छुरा प्रहारबाट गम्भीर घाइते भएका प्रतिकको काठमाडौ मेडिकल कलेजमा उपचार कै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
भक्तपुर अस्पतालमा उपचार हुन नसकेपछि प्रतिकलाई काठमाडौ मेडिकल कलेज रिफर गरिएको थियो । छुरा प्रहार गर्ने पलमानलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त जगातीको हिरासतमा राखिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक सुशिलकुमार पाण्डेले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्