काठमाडौं, २८ जेठ । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा परेका समाचारहरु । प्रदेश ४ को संसदमा कांग्रेसले अवरोध गरेपछि मार्सल लगाएर विधेयक पास गरिएको छ । नेकपामा भातृ संस्था मिलाउन सकस परेको, भुँडे सैनिकलाई शान्ति मिसन र बढुवामा निषेध गरिएको, १६ सय जनप्रतिनिधि कारबाहीमा परेको, चीनले २ नाकामा पुल बनाइदिने भएको लगायत समाचारले आजका पत्रपत्रिकाको प्राथमिकतामा परेका ।
चीनले २ नाकामा पुल बनाईदिने
चीनले नेपाल जोड्ने दुइ प्रमुख नाका तातोपानी र रसुवागढीमा नयाँ मितेरी पुन बनाईदिने भएको छ ।
प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणका एजेन्डा तय गर्ने क्रममा पुराना पुल भत्काएर अनुदानमा बनाईदिने चिनियाँ प्रस्ताव आईतबार मन्त्रिपरिषद् बैठकले स्वीकार गरेको हो ।
प्रधानमन्त्री ओली असार पहिलो साता चीनको औपचारिक भ्रमणमा जाँदै छन् ।
भ्रमण तिथि भने तय भईसकेको छैन ।, आजको कान्तिपुरमा यो खबर छ ।
‘भुँडे सैनिक’लाई बढुवा निषेध
सैनिकहरुको भुँडी लाग्यो भने के हुन्छ रु अन्नपूर्ण पोस्ट दैनिकका अनुसार, नेपाली सेनामा कार्यरत सैनिक अधिकारीहरु हुन् भने अब बढुवा रोकिन्छ अनि शान्ति मिसनबाट पनि नाम हटाइन्छ ।
मोटोपना र दुब्लोपना अत्यधिक भएमा त्यस्ता सैनिक अधिकारीहरुको बढुवा रोकिने मात्रै होइन, शान्ति सेनालगायत स्वदेश तथा विदेशमा हुने तालिमबाट समेत उनीहरु वञ्चित हुनेछन् । सैनिक मुख्यालयले आफ्ना सैनिकको स्वास्थ्य स्थितिलाई दृष्टिगत गर्दै ल्याएको स्वास्थ्य वर्गीकरणसम्बन्धी कार्यविधिमा तोकिएको मापदण्डविपरीत तौल भएमा त्यस्ता सैनिक अधिकारीहरुको बढुवा नहुने र शान्ति सेनामा जानबाट समेत वञ्चित हुने उल्लेख छ ।
रेल किन्न खोजिँदै ऋण
सरकारले आगामी आर्थिक वर्ष रेल किन्ने भएको छ । जनकपुर–जयनगर रुटमा कुटाउन किन्न थालिएको रेलको लागत ५० करोड रुपैयाँ अनुमान गरिएको छ ।
अन्नपूर्णका अनुसार, यसका लागि ४६ करोड २५ लाख सरकारले व्यवस्था गर्नेछ भने बाँकी ऋण खोजिनेछ ।
रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले रेल किन्न विभागले एक मुष्ठ ५० करोड पाउन लागेको बताएको अन्नपूर्णमा उल्लेख छ ।
रेल विभागलाई सरकारले साढे चार अर्ब रुपैयाँ बजेट दिएको छ । यसमा आन्तरिक स्रोतबाट एक अर्ब ५० करोड दिइनेछ भने अरु वैदेशिक ऋण लिइनेछ ।
पार्टी मिल्यो, भातृ संस्था मिलाउन सकस
नयाँ पत्रिका दैनिकले नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेपाल कमम्युनिस्ट पार्टी बने पनि यसका भातृ संस्था मिलाउन सकस परेको समाचार छापेको छ ।
समाचार अनुसार २२ भातृ संस्थाहरु मिलाउन नेकपाले २२ वटा कार्यदल बनाएको छ । कार्यदललाई एकीकृत संगठनको विधान मस्यौदा गर्ने र महाधिवेशन आयोजक कमिटी गठन गर्न पदाधिकारी र सदस्यहरुको नामावली प्रस्ताव गर्न कार्यादेश दिइएको छ । कमिटी बनाउँदा वरिष्ठता, क्षमता र एकताको भावनालाई आधार बनाउनुपर्ने म्यान्डेट कार्यदललाई छ ।
प्रतिक्रिया दिनुहोस्