ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई दिनदेखि कैदी बन्दी भोकै


admin
२९ श्रावण २०७४, आइतबार   ८ : २५   बजे

बर्दिवास, २९ साउन । महोत्तरी कारागारका कैदी बन्दी दुई दिनदेखि भोकभोकै परेका छन् ।

कारागार परिसरको कार्यालय र कैदी थुनुवा कक्षमा पाँच फिटभन्दा बढी पानी जमेपछि शनिबारदेखि नै कैदी बन्दीले खाना नपाएका हुन् । रातु र बिगही नदीमा आएको बाढी बाँध भत्काउँदै जलेश्वर नगर पसेसँगै गहिरो ठाउँमा रहेको कारागार परिसरमा पाँच फिट पानी पसेको हो ।

बाढी कैदी थुनुवा कक्षमा पस्नासाथै आपूmहरुलाई माथिल्लो तलामा सारिए पनि खाना पकाउने ठाउँ र सामग्रीको अभाव भएकाले दुई दिनदेखि भोकभोकै बस्नु परेको कारागारका चौकीदारसमेत रहेका कैदी श्रीनारायण महतोले बताउनुभयो ।

जम्मा १३५ कैदी राख्ने क्षमताको सो कारागारमा अहिले महिला कक्षमा आश्रित दुई बालबालिकासहित ४२ र पुरुष कक्षमा ३६० सहित जम्मा ४०२ जना कैदी बन्दी छन् । भुइँ तल्लामा रहेका कैदी बन्दीलाई माथिल्लो तलामा लैजाँदा उभिने ठाउँसम्म पाउन पनि कठिन भएको महिला कैदी ललिता सिंहले बताउनुभयो ।

भुइँ तलामा पानी जमेपछि कैदी बन्दीलाई शौचालय जानसमेत समस्या परको बताइएको छ । आफूहरु दुई दिनदेखि भोकभोकै रहँदा पनि कोही सोधखोज गर्न नआएको कैदी थुनुवाले गुनासो गरेका छन् ।

कारागारमा पसेको बाढीले कार्यालयका सबै अभिलेख भिजेर नष्ट भएको कारागार प्रशासनले जनाएको छ । बाढीले पु¥याएको क्षति र कैदी थुनुवाको अवस्थाबारे स्थानीय प्रशासन र कारागार व्यवस्था विभागमा जानकारी गराइएपनि अहिलेसम्म केही व्यवस्था हुन नसकेको कारागार प्रमुख शोभेन्द्र ठाकुरले जानकारी दिनुभयो ।
यसैगरी महोत्तरी जिल्लाको जलेश्वर–२ मा १४ वर्षीय किशोरको बाढीले बगाएर मृत्यु भएको छ । घरबाट पानी ल्याउन चापाकल भएको ठाउँमा जाँदै गर्दा भेलमा बगेर सो बस्तीका रामकुमार ठाकुरका छोरा १४ वर्षीय विक्की ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको हो । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संघीय संसद मातहतका ३ संसदीय समितिको बैठक आज बस्दै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सुनसरीको देवानगन्ज र हरिनगरमा निषेधाज्ञा : २४ वर्षीय युवकको मृत्यु भएपछि सुरक्षा व्यवस्था कडा

देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

संघीय संसद मातहतका ३ संसदीय समितिको बैठक आज बस्दै

प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीको निधन

सुनसरीको कप्तानगञ्जमा मध्यरातमा झडप, प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु, दर्जन बढी घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu